0
गोल्डेन न्यूज संवाददाता
यम डिलर्स एशोसिएशनले पोखरा उद्योग वाणिज्य संघका उप–महासचिवका उम्मेदवार नविन बराललाई जिताउन सहयोग गर्ने भएको छ । संघको बुधबार बसेको बैठकले एशोसिएशनका पूर्व उपाध्यक्ष एवं सल्लाहाकार बराललाई महासचिवमा  जिताउन संस्थागत निर्णय गरेको हो ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा बसेको बैठकले संस्थागत निर्णय गदै सवै ब्यवसायीलाई सहयोग गर्न आह्वान समेत गरेको उपाध्यक्ष दिलिप सुवेदीले जानकारी दिए । उद्योग वाणिज्य संघको निर्वाचन आउन करिब एक साता मात्रै बाँकी रहेका बेला बराललाई जिताउन संस्थागत निर्णय गर्ने संस्था समेत बनेको छ । बैठकमा  पेट्रोलियम डिलर्स एसोसिएशनका केन्द्रीय उपाध्यक्ष कपिल अधिकारी, केन्द्रीय सदस्य सुनिल गुरुङ, उपाध्यक्ष दिलिप सुवेदी लगायतले बराललाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।  बैठकको संचालन महासचिव राजन गोगंजुले गरेका थिए । ‘उद्यमी ब्यापारीको हकहित संरक्षण एवं प्रवद्धनबाट आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी’ भन्ने नारा सहित बराल चुनावी मैदानमा उत्रिएका छन् । बराल अन्नपूर्ण आयल डिष्ट्रिब्यूटर्सका प्रोपाइटर, वेष्ट पोइन्ट चिल्ड्रेन एकेडेमी प्रालिका संस्थापक निर्देशक, जनता बैक नेपाल लिमिटेडका संस्थापक, विरुवा बचत तथा ऋण सहकारी संस्था प्रालिका संचाललक सदस्य, गण्डकी–धौलागिरी पेटोलियम डिलर्स एसोसिएशनका पूर्व अध्यक्ष र हाल सल्लाहकार रहेका छन् । उनी पार्दी उच्च मावि मुस्ताङचोक का पूर्व अध्यक्ष र सल्लाहकार छन भने नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य समेत रहेर ब्यवसायिक र सामाजिक कार्यमा सक्रिय बराल ब्यवसायीका वीचमा परिचित छन् ।





Post a Comment

 
Top