0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका सक्रिय कार्यकर्ता सुन्दर बहादुर परियारको मंगलबार निधन भएको छ। कास्कीको साविक कृष्ति गा.वि.स. चुरेटा गाउँका ७१ वर्षिय परियारको उपचारको क्रममा निधन भएको हो । स्व. परियारको पार्थिक शरीरमा नेकपा एमाले जिल्ला कमिटी कास्कीका सचिव दामोदर बैरागीले पार्टीको झण्डा ओढाएर सम्मानका साथ अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । उक्त अवसरमा नेकपा एमाले क्षेत्र नं. ३ का अध्यक्ष धन बहादुर नेपाली, नेकपा एमाले गण्डकी पूर्व सल्लाहकार लेखनाथ शर्मा, नेकपा एमाले जिल्ला निर्वाचन कमिटी सचिब झपट रानाभाट, नेकपा एमाले क्षेत्र नं. ३ का सचिवालय सदस्य भक्त भुजेल, पोखरा नगर समन्वय कमिटी सदस्य पूर्णबहादुर थापा, पोखरा ९ अध्यक्ष प्रकाश शर्मा, साविक कृष्ति, हाल पोखरा–२४ का अध्यक्ष दिपक सुवेदी, स्व.परियारका आफन्तहरु लगायतको सहभागिता रहेको थियो ।  स्व. परियार २०५४ सालको जनप्रतिनीधि साथै नेकपा एमालेको इमान्दार, सरल र सक्रिय कार्यकर्ता थिए । उनका २ श्रीमती, ५ छोरा, २ छोरी र १६ जना नाति–नातिना छन्। यसैबीच नेकपा एमाले साविक कृस्ति, हाल पोखरा २४ वडा कमिटीले बुधवार नै शोक विज्ञप्ति जारी गर्दै स्व.परियारको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ ।  नेकपा एमाले साविक कृष्ति, हाल पोखरा २४ वडा कमिटीका अध्यक्ष दिपक सुबेदीले जारी गरेको विज्ञप्तिमा स्व.परियारको निधनले सिङ्गो पार्टीलाई क्षति पुगेको उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।






Post a Comment

 
Top