0
गोल्डेन न्यूज संवाददाता
पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदका उमेद्वार जनकराज पराजुलीले चुनावी खर्च कटाएर आफू पढेको विद्यालयलाई करीब १ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्य उमेद्वारहरुले मतदातालाई रिझाउन र प्रचारप्रसारमा लाखौं रुपैयाँ खर्च गरिरहेका बेला उनले भने आफू पढेको चापाकोट ७ स्थित सिद्ध वराह माविलाई खानेपानी व्यवस्थापन र विद्यार्थी बस्ने फर्निचर निर्माणका लागि चुनावी खर्च कटाएर ९८ हजार ८ सय ३० रुपैयाँ प्रदान गरेका हुन् । राष्ट्रिय वाल दिवसको अवसरमा बुधबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सो रकम बराबरको चेक पराजुलीले विद्यालयका प्रधानाध्यापक बद्रीनाथ पराजुलीलाई हस्तान्तरण गरे । पराजुलीले प्रदान गरेको रकमले विद्यालयमा खानेपानीका लागि ट्यूवेल निर्माण गरिनुका साथै फर्निचर पनि खरिद गरिसकिएको प्रधानाध्यापक पराजुलीले जानकारी दिए । सो अवसरमा विद्यालयको खानेपानी र फर्निचरका लागि सहयोग गर्ने पराजुलीलाई विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयको तर्फबाट सम्मान पत्र र मायाको चिनो प्रदान गरेर पराजुलीलाई सम्मान गरिएको हो । यसैबीच, पोखराको बाबा फाउण्डेसनकी कार्यकारी निर्देशक अम्रिता पौडेलले विद्यालयमा मन्टेश्वरी सञ्चालनका लागि आवश्यक खर्च प्रदान गर्ने घोषणा गरेकी छिन् । उनले विद्यालयमा ३५ जना विद्यार्थीका लागि आवश्यक सबै खर्च आफूले वार्षिक रुपमा बेहोर्ने घोषणा गरेकी हुन् । विद्यार्थीका लागि वार्षिक करीब १ लाख २५ हजार रुपैयासम्मको खर्च आफूले बेहोर्ने पौडेलले बताईन् । सो अवसरमा बाबा फाउण्डेसनले १ सय ५० जना विद्यार्थीलाई पुग्ने शैक्षिक सामग्री प्रदान ग¥यो । यसअघी विद्यालयमा आयोजित वाल दिवस, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रमको उद्घाटन विद्यालयका संरक्षक रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।






Post a Comment

 
Top