0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. ९ स्थित बसपार्कमा बाँस्तोला कम्प्लेक्स बनेपछि सर्वत्र विरोध शुरु भएको छ । बसपार्कको   जग्गाभित्र कुनैपनि भौतिक संरचना बनाउन नपाउने भएपनि बसपार्ककै जग्गामा कम्प्लेक्स बनाइएको भन्दै विरोध शुरु भएको छ । यस सम्बन्धमा पोखरा उप–महानगरपालिका कार्यालयले पटक–पटक सूचना निकालेर बसपार्कको जग्गामा कम्प्लेक्स नबनाउन निर्देशन दिएको भएपनि निर्माण पक्षले अटेर गरेर कम्प्लेक्स बनाएको बताइन्छ । उक्त कम्प्लेक्स बनाउनका लागि कुनैपनि निकायबाट अनुमति नभएको समेत बताइन्छ । बाँस्तोला कम्प्लेक्स बनाइएपछि विभिन्न सरोकारवालाले विरोध गरेका छन् । यसैक्रममा फेवा एग्रीकल्चर प्रालिका संचालक युवाराज खतिवडाले पनि विरोध गरेका छ् । खतिवडाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरि उक्त कम्प्लेक्स निर्माणप्रति विरोध गरेका हुन् ।  उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘चर्को रुपमा पोखरेली माझमा रहेको व्यवस्थित बसपार्क निमार्णको मुद्धालाई ओझेलमा पार्दै बसपार्कको जग्गामा धमाधम बाँस्तोला कम्प्लेक्सका नाममा व्यापारिक केन्द्र खोल्दा समेत सरोकारवाला निकाय मौन बसेकोमा हाम्रो घोर आपत्ति छ ।’ कम्प्लेक्स निर्माण भइसक्दा पनि पोखरामा क्रियाशिल राजनीतिक दलहरु, नागरिक समाज मौन बसेको भन्दै विज्ञप्तिमार्फत खतिवडाले आपत्ति जनाएका छन् । बसपार्कका लागि छुट्याइएको जग्गा हडप्न प्रयत्न गर्ने भूमाफियाको विरुद्धमा संघर्षमा उत्रनका लागि युवराज खतिवडाको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरिएको छ । समितिले शुक्रबार पोखरामा रहेका सम्पूर्ण कम्प्लेक्सका संचालक तथा व्यवसायी लगायतले बाँस्तोला कम्प्लेक्सको विरोध गर्दै नगरपालिकाको कार्यालय घेराउ गर्ने र नपाका कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको खतिवडाले बताए । विरोध ¥याली पोखराको हङकङ बजारबाट शुरु भइ पोउमनपा कार्यालयमा आएर कोणसभा गर्ने उनले बताए ।

Post a Comment

 
Top