0
कालिका पव्लिक कलेज पोखरा–१० रामबजारमा शनिवार भूतपूर्व विद्यार्थीहरु भेला भई तदर्थ समिति गठन गरिएको छ। कालिका पव्लिक कलेजको सञ्चालक समितिका अध्यक्ष जनक वोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ११ जनाको तदर्थ समिति गठन गरिएको छ । सो तदर्थ समितिमा नविन श्रेष्ठ (अध्यक्ष), पदम श्रेष्ठ (उपाध्यक्ष), मुकुन्द योगी (सचिव), इन्द्रा थापा (कोषाध्यक्ष), शान्ता वानियाँ (सह–सचिव) त्यसै गरि सदस्यहरुमा नविन प्रसाद श्रेष्ठ, सुनिल पौड्याल, आशा थापा, सविना परियार, उषा खड्का र दिपेश गुरुङ रहेका छन् भने सल्लाहकारमा कलेजको संस्थापक अध्यक्ष गजकुमारी गुरुङ, वि.व्य.स. अध्यक्ष सुर्य प्रकाश तिवारी, क्याम्पस प्रमुख ज्योति वावु पौडेल, कलेजका अध्यक्ष जगत वोहरा, पूर्व विद्यार्थी तथा वर्तमान शिक्षक मिन नेपाली रहेका छन् । त्यसैगरी सदस्यता प्रदान उपसमितिमा २ जना सदस्य पछि मनोनयन गर्ने गरि नविन प्रसाद श्रेष्ठलाई उपसमिति संयोजक वनाइएको छ । कार्यक्रममा वोल्दै तदर्थ समितिका अध्यक्ष नविन श्रेष्ठले शैक्षिक उन्नयमा क्रियाशिल रहि कलेज भित्रका सामाजिक गतिविधिहरुमा टेवा प्रदान गर्ने उद्देश्यमा साथ यो संस्था स्थापना गरिएको वताएका थिए भने १ महिना भित्रमा तदर्थ समितिले कार्य समिति चयन गर्ने समेत श्रेष्ठले जानकारी दिएका थिए ।

Post a Comment

 
Top