0
गोल्डेन न्यूज संवाददाता
रोट¥याक्ट क्लब अफ न्यूरोड पोखराले पुम्दीभुम्दीकोको ओखलेडाँडा भुम्दीकोट माविमा झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि शिशु देखि ५ कक्षासम्मका ५४ विद्यार्थीहरुलाई झोला वितरण गरेको हो । रोटरी क्लब अफ पोखरा न्युरोडको भगिनी क्लब रोट¥याक्ट न्युरोडले विद्यार्थीलाई ५४ थान स्वेटर र विद्यालयलाई डस्टविन पनि हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष सुजन रेग्मीले उक्त सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन  दिलकाजी गुरुङ र प्रधानाध्यापक मधुप्रसाद बराललाई हस्तान्तरण गरे । क्लबका सदस्यले विद्यार्थीलाई झोला, कापी, कलमसहित सरसफाईका सामग्री हस्तान्तरण गरेका थिए । क्लबका अध्यक्ष सुजन रेग्मीले बालबालिकाको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए । झोला वितरण कार्यक्रमकी संयोजक रोनिया गुरुङले विद्यार्थीलाई विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताइन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन दिलकाजी गुरुङले उक्त सहयोग सानो देखिएपनि महत्वपूर्ण भएको बताए। विद्यालयका प्रधानाध्यापमक मधुप्रसाद बरालले वितरित शैक्षिक सामग्रीले बालबालिकाको पढाइको स्तर बृद्धि गर्न महत्वपूर्ण सहयोग गर्ने उल्लेख गरे ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सन्जिव पौडेल, सुष्मा गौचन, क्लबका सदस्य भुपेन्द्र लामा, अनुपमा पुरी लगायतले बोलेका थिए । झोला तथा शैक्षिक सामग्री वितरणमा आशा प्रोजेक्ट, बाबा फाउण्डेसन र दिर्घायु नेपालले सहयोग गरेका हुन् । क्लबले यसअघि पनि लाहाचोक र पुरुन्चौरका विद्यालयमा झोला तथा शैक्षिक सामग्री वितरण गरेको थियो ।

Post a Comment

 
Top