0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा स्क्वास खेलले गति लिने भएको छ । यो खेललाई विकास, विस्तार एवम प्रवद्र्धन गर्न स्क्वास खेलाडी तथा खेल प्रेमीहरुको पोखरामा शनिबार सम्पन्न एक भेलाले पुष्पराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कास्की जिल्ला स्वाक्स ¥याकेट्स संघ गठन गरेको छ । कार्य समितिको उपाध्यक्षमा हिराकाजी श्रेष्ठ र रविन्द्र बाटाजु, सचिवमा प्रविन पालिखे, कोषाध्यक्षमा अशोक कुमार रन्जित र सहसचिवमा सन्तोष कुमार घिमिरे रहेका छन । कार्यसमितिको सदस्यमा प्रकाश केसी, विकास शाक्य, रक्ष लामा, गौतम उदास र मनोहर श्रेष्ठ रहेका छन ।
 
सो अवसरमा नवगठित कार्य समितीलाई बधाई दिंदै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम बहादुर गुरुरुले खेलकुद विकासका लागि राजनीति गर्न नहुने बताए । उनले पदकको आशा गर्नु भन्दा पनि पूर्वाधार विकासमा वढी ध्यान दिनु आजको आवश्यक्ता रहको कुरा औल्याए । कार्यक्रममा नेपाल स्क्वास ¥याक्ट्स संघका केन्द्रीय अध्यक्ष किशोर महर्जनले धेरै कठिन मोडमा नै यो खेलको विकास भएको धारणा राखे । पूर्वाधार बिना यो खेलको विकास सम्भव नभएकोले यसका लागि कार्य अगाडि बढाउन सबैलाई आग्रह समेत गरे ।
 
सो अवसरमा कास्की जिल्ला स्वाक्स ¥याकेट्स संघकी संरक्षक रजनी कोइरालाले आफ्नो स्वर्गिय श्रीमान रामप्रसाद कोइरालाले कास्कीमा यो खेलको विकास गर्नु पर्छ भनेर नै यो खेललाई भित्राएको बताइन । उनले पोखरा र यस क्षेत्रलाई पहिचान बनाउनयो खेलले सहयोग पुग्ने बताइन । कार्यक्रममा नेपाल स्क्वास ¥याकेट्स संघका केन्द्रिय उपाध्यक्ष मनोजबाबु श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले स्क्वास खेलको विकासका बारेमा बोलेका थिए ।
 
पोखरामा १५ वर्ष अघि स्क्वास खेल भित्र्याउने स्व. राम प्रसाद कोइरालाले पोखरा उपमहानगर पालिका वडा नं ४ स्थित आफ्नै घरमा कोर्टको निर्माण गरेका हुन् । यति बेला कास्कीमा २५ भन्दा बढी स्क्वास खेलाडी रहेको सहसचिव सन्तोष घिमिरेले जानकारी दिए । कास्की जिल्ला खेलकुदमा विकास समितीमा दर्ता भएको संघहरुमा यो ८१औं संघ हो ।


Post a Comment

 
Top