0
गोल्डेन न्यूज संवाददाता
साहित्यकार एवं कवि भीम रानाभाट ‘ज्यालादारी’ को हाइकु संग्रह ‘आशुको छाल’ शनिबार पोखरामा विमोचन गरियो। कृतिको विमोचन वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले गरेका हुन् । उक्त असरमा बोल्दै साहित्य र रचनामार्फत देशका भ्रष्ट नेताहरुलाई खबरदारी गर्न आग्रह गरे । साहित्य श्रृङ्खला र सुनाखरी सन्देश साहित्यिक पत्रिकाको संयुक्तरुपमा आयोजित कार्यक्रममा उक्त कृतिमाथि युवा समीक्षकद्वय असफल गौतम र सैलज पौडेल प्रकाशले समीक्षा गरेका थिए । समीक्षकद्वय गौतम र पोडेलले रानाभाटको हाइकु समयसान्दर्भिक भएको बताएका थिए । स्रष्टा रानाभाटले आइकु अनिकालको बीउमात्र भएको भन्दै हाइकु लेखनमा आफूले प्रयासमात्र गरेको बताए । उनले हाइकु संग्रहमा भएका कमिकमजोरीलाई सुझावका रुपमा दिन पाठकसंग आग्रह गरे ।
 
साहित्य श्रृङ्खलाका संयोजक यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ सम्पर्क समाजका अध्यक्ष शिवराज पौडेल, प्रा.डा. भवानी प्रसाद पाण्डे, प्रा.डा. रविलाल अधिकारी, स्रष्टा भीम रानाभाट ‘ज्यालादारी’, कृषि विकास बैंकका शादा प्रमुख रामचन्द्र आचार्य, साहित्यकार श्रीकान्त खतिवडा, सुनाखरी सन्देश साहित्यिक पत्रिकाका प्रधान सम्पादक फणिन्द्र अकिञ्चन लगायतले आ–आफ्ना भनाइ राखेका थिए । साहित्य श्रृङ्खलाको १८० औं रचनावाचन कार्यक्रम समेत उक्त अवसरमा सम्पन्न भयो । कार्यक्रममा साहित्यकार काजी गाउँले, फत्तेमान गुरुङ, नारायण बाँस्तोला ‘श्रमपंथी’ लगायतले सांगीतिक प्रस्तुति राखेका थिए भने कवि एवं साहित्यकार नुमराज बराल, अमृत सुवेदी गुराँस, लक्ष्मी थापा, पद्यमराज ढकाल, ईन्द्र राना प्रतीक, अल्पविराम, कल्पना चिलुवाल, अम्विका भण्डारी, सविना पौडेल, कल्याण पन्त, घनश्याम शर्मा रेग्मी, हरिबहादुर थापा, सुरज उपाध्याय, रामकुमार श्रेष्ठ फुच्चे, विवश थापा, सम्झना राई, लक्ष्मण गौतम हिमाली, छवि सुवेदी विजयी, पोषराज पौडेल लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए । आँसुको छाल हाइकुका सञ्चयनकर्ता रानाभाटको यसअघि रगतका छिर्का र यही हो मेरो देश (मुक्तक संग्रह), रङ, रगत र मान्छे (कविता संग्रह) बजारमा आइसकेका छन् । साहित्य श्रृङ्खलाका निवर्तमान संयोजक समेत रहेका उनी गण्डकी साहित्य संगम, प्रगतिशील लेखक संघ लगायतका साहित्यिक संघ–संस्थामा आवद्ध छन् । वि.सं. २०२३ सालमा जामुने–३, तनहुँमा जन्मिएका उनी कृषि विकास बैंकमा कार्यरत छन् ।







Post a Comment

 
Top