0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठांै) कास्कीको  १४औं जिल्ला सम्मेलन सम्पन्न  भएको छ। सम्मेलनले गणेश  अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । सम्मेलनले उपाध्यक्ष, सचिव सह–सचिव र कोषाध्यक्षमा क्रमशः दानु सारु, अर्जुन शर्मा, विमल  पाण्डे र ईन्द्रमणि पाण्डेलाई चयन गरेको छ ।  युनियनको सदस्यहरुमा प्रताप पौडेल, दिलेन्द्र बुढामगर, ज्ञानेन्द्र घर्तिमगर, दीपेन्द्र घर्तिमगर, सुदर्शन आचार्य,रमेश आचार्य, खिम बुढा र सम्झना गुरुङ चयन भएका छन् । सम्मेलनले वैकल्पिक  सदस्यहरुमा सञ्जय शर्मा, वविता छन्त्याल, हेमा पुन मगर र महेश थापालाई चयन गरेको छ । सम्मेलनको उद्घाटन गर्दै  युनियनका केन्द्रीय महासचिव विमल पोख्रेलले नेपालको  शिक्षा प्रणाली व्यवहारिक र वैज्ञानिक नभएकोले आमूल परिवर्तनको आवश्यकता रहेको बताए ।  विगत देखि नै अखिल (छैठांै) ले शिक्षामा देखिएको विसंतिका बिरुद्ध लगातार रुपमा सम्झौताहिन तवरले संघर्ष गरिरहेको भन्दै उनले अखिल(छैठौं) मा आबद्ध भै विद्यार्थी राजनीति र आन्दोलनको आगुवाइ गर्न आग्रह गरे ।  सम्मेलनमा अखिल (छैठांै) गण्डकी–धौलागिरी इन्चार्ज तथा  केन्द्रीय कोषाध्यक्ष भीमलाल पोख्रेल, राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरी क्षेत्रीय समितिका अध्यक्ष शंकर बराल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य दीपक गुरुङ, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य बिक्रम थापा, अखिल नेपाल बुद्धिजीवि संघका प्रविण पौडेल, जातीय समता समाजका होमबहादुर सुनार, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष प्रेम विक, अखिल नेपाल महिला संघका सवित्री जिसी, अनेरास्ववियु जिल्ला अध्यक्ष शेखर गौतम, नयाँ शक्ति नेपाल संवद्ध विद्यार्थी नेता नेत्र चापागाइ र अखिल क्रान्तिकारीका मिलन राइ लगायतले आ–आफ्ना भनाइ राखेका थिए । युनियनका प्रताप पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी–धौलागिरी इन्चार्ज भीमलाल पोख्रेल र दानु सारुले पनि बोलेका थिए ।

Post a Comment

 
Top