0
गोल्डेन न्यूज संवाददाता
साहित्यिक संस्था गुणात्मक भन्दा संख्यात्मक धेरै भएको भन्दै म्याग्दीमा क्रियाशिल दुई साहित्यिक संस्थाले मर्जरको नीति प्रयोग गरेका छन्। म्याग्दीलाई नै कार्यथलो बनाएर साहित्यिक कार्यक्रम गर्दै आएका म्याग्दी साहित्य सञ्चार र सुवासन साहित्यिक सदन शनिबारदेखि मर्ज भएपछि म्याग्दी साहित्य सञ्चारको नामबाट साहित्यिक गतिविधि सञ्चालन गर्ने भएका छन्। सञ्चारको अध्यक्षमा घायलश्री, उपाध्यक्षमा सुशिल थकाली, सचिवमा सन्दिप खत्री, सह–सचिवमा समिर रोका र कोषाध्यक्षमा हिरा शर्मा निर्वाचित भएका छन्। यसैगरी सञ्चारको सदस्यमा प्रमिला पौडेल, ऋदिमा श्रीष, कृष्टी बानियाँ, शंकर चोखाल, विभा ढुंगाना, टोपबहादुर कार्की रहेका छन्। यसैगरी संरक्षकमा चन्द्र बहादुर लामिछाने रहेका छन्। निर्वाचन अधिकृत ज्योति लामिछानेको निर्वाचन समितिले संस्थाको निर्वाचन सम्पन्न गरेको थियो। म्याग्दी जिल्लाको साहित्यिक इतिहासमा दुई साहित्यिक संस्था बीच एकता भएको पहिलो पटक हो। पहिलो एकीकृत प्रथम साधारण सभाको उद्घाटन गर्दै साहित्यकार तथा समालोचक असफल गौतमले आर्थिक सवृद्धिका लागि स्थापना भएका संस्थाहरु धमाधम मर्जर प्रक्रियामा गएको बेला साहित्यिक संस्था पनि मर्ज हुन आवश्यक रहेको बताए । अतिथि गौतमले पछिल्लो समय वाङमयिक उन्नयनका लागि लागेका युवापुस्ता यसरी एकीकृत भएर अगाडि बढ्दा एकतामा बल हुने र म्याग्दीको साहित्यिक गतिविधिले नयाँ उचाई हासिल गर्ने अपेक्षा लिएको बताए। उनले लक्ष्मी प्रसाद देवकोटाले आफ्ना सिर्जनाका सन्दर्भलाई लिएर भनेका सन्दर्भलाई उल्लेख गर्दै धेरै साहित्यिक संस्था भएर काम नगर्नु भन्दा थोरै साहित्यिक संस्था बनाएर गुणस्तरीय र उर्जाशिल भएर लाग्नु स्तुत्य भएको बताए। सोही समारोहबीच म्याग्दी साहित्य सञ्चारले प्रत्येक वर्ष अग्रज साहित्यकार सम्मान गर्ने कार्यक्रम अन्तर्गत अग्रज साहित्यकार गणनाथ पौडेल र म्याग्दी साहित्य सञ्चारद्वारा प्रकाशित बुलबुल साहित्यिक पत्रिकाका प्रधान सम्पादक चन्द्रबहादुर लामिछानेलाई सम्मान गरिएको थियो।  कार्यक्रमका प्रमुख अतिथि असफल गौतमले सम्मानित स्रष्टालाई प्रमाणपत्र, अबिर र सल ओढाएर सम्मान गरेका थिए। संस्थाका अध्यक्ष लोकनाथ भुषालको अध्यक्षता सम्पन्न कार्यक्रममा, उपाध्यक्ष चन्द्रबहादुर लामिछानेको स्वागत र सचिव सन्दीप खत्रीको सञ्चालन रहेको थियो। कार्यक्रममा साहित्यकार प्रेम प्रकाश पौडेल, अजय मिलन श्रेष्ठ, गणनाथ पौडेल, देवीप्रसाद शर्मा, सुशील थकाली शिव सस्मितले शुभकामना मन्तव्य राखेका थिए। यस्तै स्रष्टाहरुले आफ्ना रचनासमेत वाचन गरेका थिए।






Post a Comment

 
Top