0
गोल्डेन न्यूज संवाददाता
नेपाल तरुण दलको चौँथो राष्ट्रिय महाधिवेशन आगामी असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ । तरुण दलले रिपोटर्स क्लब नेपाल काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष उदयशमशेर राणाले भदौ २१ र २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार महाधिवेशन गर्न लागिएको जानकारी दिए । अध्यक्ष राणाले ५५ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भैसकेकाले बाँकी जिल्लाको भदौ मसान्तसम्म सकेर अधिवेशन सम्पन्न गर्न लागेको बताए । उनले भने, ‘अघिल्लो अधिवेशनमा ६५ जिल्लाको अधिवेशन सकिएको बेलामा पनि महाधिवेशन भएको थियो । त्यसैले मसान्तसम्म जति सकिन्छ त्यसैलाई आधार मानेर महाधिवेशनमा जान्छौँ ।’ उनले वर्तमान केन्द्रीय समितिलाई चुनाव लड्न नपाउने भनिएता पनि चुनाव लड्न पाउनुपर्ने माग निर्देशन समिति र पार्टीलाई बुझाइसकिएको स्पष्ट पारे । दलमा विवाद देखिएको बेलामा निर्वाचन सम्भव छ ? भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष राणाले ४५ केन्द्रीय समितिमध्ये २७ जनाको निर्णयलाई आधार मानेर महाधिवेशन गर्न लागिएको बताए । निर्वाचन भएका जिल्लामा निर्वाचन गरिने तथा नभएका जिल्लालाई त्यत्तिकै छाडेर महाधिवेशनमा जाने उल्लेख गरे । सङ्गठनभित्र देखिएको विवाद मिलाउन दलले अध्यक्ष राणाको अध्यक्षतामा पाँच सदस्यीय समिति बनाएको छ ।
 
यसैबीच पोखरामा हुन लागेको तरुणदलको चौथो राष्ट्रिय महाधिवेशन सफल बनाउनका लागि स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ। तरुणदल कास्कीको आईतबार बसेको बैठकले तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति गठन गरिएको हो। समितिमा कास्कीका चार वटा निर्वाचन क्षेत्रका तरुण दल समिति, पोखरा र लेखनाथका नगर समिति तथा वडा र गाविस गरि ७९ वटा इकाई समिति रहेका छन्।
महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमिति गठन गरिएको छ। अतिथि स्वागत तथा सत्कार उपसमिति संयोजकमा शंकर ढुङ्गाना, प्रचार प्रसार उपसमिति संयोजकमा प्रेमलाल पुन, सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा नरेन थापा, आर्थिक संकलन उपसमिति संयोजक जिवनप्रसाद बाँस्तोला, स्वयम सेवक परिचालन उपसमिति संयोजकमा सुरजजंग राणा, खानेपानी व्यवस्थापन तथा सरसफाई उपसमिति संयोजकमा लेखबहादुर केसी रहेका छन्।
 
त्यसैगरी मञ्च व्यवस्थापन उपसमिति संयोजकमा महेन्द्र पुन, स्वागत गेट व्यवस्थापन उपसमिति संयोजकमा दिपक गुरुङ, स्वास्थ्य उपसमिति संयोजकमा रविन कायस्थ, प्रशाशन तथा सुरक्षा समन्वय उपसमितिको संयोजकमा ललित गुरुङ, प्राविधिक उपसमिति संयोजकमा मदन बस्नेत, ¥याली व्यवस्थापन उपसमिति संयोजकमा राधाकृष्ण तिवारी, साउण्ड सिष्टम व्यवस्थापन उपसमिति संयोजकमा डिआर भट्टराई, यातायात व्यवस्थापन उपसमिति संयोजकमा धनबहादुर छन्त्याल (लक्ष्मण), तुल व्यानर व्यवस्थापन उपसमिति संयोकजमा प्रेमबहादर कार्की  (प्रकाश), साँस्कृतिक उपसमिति संयोजकमा मिनबहादुर गुरुङ, झण्डा व्यवस्थापन उपसमिति संयोजकमा सागर गुरुङ रहेका छन्।  बैठकमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र तरुण दलका केन्द्रिय सदस्य ऋषिराम काफ्लेको विशेष उपस्थिति रहेको थियो।  महधिवेशनलाई सफल पार्नका लागि सवैलाई सहयोग गर्न स्थानिय व्यवस्थापन समितिका संयोजक गुरुङले आग्रह गरेका छन्।

Post a Comment

 
Top