0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँ बजारमा रहेको गुरुकुल विद्या सदन मा.वि.मा अन्तर विद्यालय अँग्रेजी निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका बीचमा भएको  प्रतियोगितामा करिब २५ विद्यालयका ४० जना विद्यार्थीहरु सहभागी थिए । ३ वटा शीर्षक मध्ये गोला प्रथा द्वारा फरक–फरक १ शीर्षक छानी प्रत्येक विद्यार्थीहरुलाई लेख्न दिएको थियो । विद्यालयका प्राचार्य अचुत पाण्डेको संयोजकत्वमा भएको कार्यक्रममा निरीक्षकको रुपमा ३ जना शिक्षकहरु कृष्ण भुजेल, डिल्लिराज लम्साल र शंकर रिजाल रहेका थिए । प्रतियोगिताको नतिजा १ हप्ता भित्र पत्रिकामा प्रकाशन गरी प्रथम, द्वित्तीय र तृतीय हुनेलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ।











Post a Comment

 
Top