0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१४ स्थित नारी कल्याणको छैटांै साधारणसभा तथा तेश्रो अधिबेशन सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै साधना मार्ग टोल विकास संस्थाका जेष्ठ नागरिक तथा समाजसेवी वीर बहादुर सि.केले महिलाले गरेको कार्यको योगदान भूमिका सह्रानीय भएको बताए। संस्थाका राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पुनः राधा कार्की, उपाध्यक्ष तनुजा सि.के. सचिव सिता भण्डारी, कोषाध्यक्ष लिला क्षेत्री, सह–सचिव बिष्णु भण्डारी रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा दुर्गा कुँवर, सरिता कार्की, पार्वती सुवेदी, सृजना पोख्रेल, सुनिता बि.क., कृष्ण कुमारी खड्का, विमला शर्मा, मिठु परियार, इन्दिरा कार्की, अप्सरा पौडेल, बिन्दु कार्की, टिका कुमारी कार्की रहेका छन् । सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष देवी कार्की, सरस्वती पौडेल, सरस्वती कार्की, छलिमाया बि.क., बिष्णुमाया क्षेत्री छन् । नयाँ कार्यसमितिलाई पोखरा–१४ का समाजसेवी भिमसेन थापा, बोधराज बराल, बलबहादुर सेन्चुरी, शिवराज कँडेल, लक्ष्मण कार्की, साधना टोल अध्यक्ष पदम गुरुङ्ग लगायतले शुभकामना प्रकट गरेका थिए । संस्थामा ५७ जना आबद्ध छन् । संस्थाकै उपाध्यक्ष लिला क्षेत्रीले स्वागत मन्तव्य र सचिव सिता भण्डारीले कार्यक्रम संचालन गरेका थिए। पोखरा–१४ वडा नागरिक मञ्चका उपाध्यक्ष पदम कार्कीले जानकारी दिए ।




Post a Comment

 
Top