गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको ३१औं महाधिवेशन शुक्रबारबाट शुरु हुँदैछ । महाधिवेशनको तयारी पूरा भएको र महाधिवेशनबाट नेतृत्वमा पुग्न चाहनेहरुको चुनावी दौडपनि अन्तिम अवस्थामा पुगेको छ । चुनावी प्रचारको समय सकिंदै जाँदा बिहीबार अध्यक्ष पदका केही उम्मेदवार बजार क्षेत्रमा आफ्ना समर्थक र शुभचिन्तकहरु जुटाएर शक्ति प्रदर्शन गर्न व्यस्त रहे । अध्यक्ष पदका उम्मेदवार विश्वशंकर पालिखेसहित उनको टीम र समर्थकले गैरापाटनबाट शुरु गरेको पदयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगेर टुङ्गिएको थियो । अध्यक्ष पदकै अर्का उम्मेदवार नारायण कोइरालाले पनि बजार क्षेत्रमा आफ्ना समर्थक भेला गराएर मोटरसाइकल ¥यालीको आयोजना गरे । ¥यालीले बजारको विभिन्न स्थान परिक्रममा गरेको थियो ।
अध्यक्ष पदकै अर्का उम्मेदवार ईश्वर कर्माचार्यले पनि बिहीबार नै आफ्ना समर्थकहरु लिएर बजार क्षेत्रमा मत माग्दै हिंडे ।
अध्यक्ष पदकै अर्का उम्मेदवार ईश्वर कर्माचार्यले पनि बिहीबार नै आफ्ना समर्थकहरु लिएर बजार क्षेत्रमा मत माग्दै हिंडे ।
यसैगरी अर्का उम्मेदवार देव क्षेत्रीले आफ्नो प्यानलका उम्मेदवार सहित बजार क्षेत्रमा नै सामुहिक रुपमा मत मागेका थिए । सडकमा शक्ति प्रदर्शन जस्तै देखिने चुनावी प्रचार शैलीमा विश्वशंकर पालिखेको तामझाम अन्य उम्मेदवारको भन्दा केही बढी देखिन्थ्यो । आफ्नो प्यानलका उम्मेदवार, आफू निकट रहेका कांग्रेसका नेता, कार्यकर्ताका साथै नेकपा एमाले संवद्ध व्यक्तिहरु पालिखेको पदयात्रामा सहभागी थिए । यस्तै नारायण कोइरालाको मोटरसाइकल ¥यालीमा पनि कोइरालाका आफन्तहरुका साथै नेकपा एमाले निकटका केही व्यवसायी र कांग्रेस संवद्ध केही व्यवसायीहरु सहभागी थिए । अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर कर्माचार्यको चुनावी प्रचारमा पनि कांग्रेसका स्थापित नेताहरु र नेवार समुदायका प्रतिष्ठित व्यवसायीहरु सहभागी थिए । सबै उम्मेदवारले चुनावको दिन नजिकिंदै जाँदा आफ्नो पक्षमा मतदाता व्यवसायीहरुको आकर्षण बढ्दै गएको दावी समेत गरेका छन् ।
यसैबीच अध्यक्ष पदका उम्मेदवार विश्वशंकर पालिखेको टीमलाई कास्की फर्निचर तथा फनिर्सिङ संघले सहयोग गर्ने भएको छ । बुधबार साँझ भएको भेलाले पालिखे नेतृत्वको समावेशी प्यानलका उम्मेदवारलाई जिताउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनीहरुले आप्mना समस्या प्यानल समक्ष राखेका थिए । ब्यसायीहरुले समावेशी टिमले आप्mना समस्या समाधान गर्ने अपेक्षा सहित सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् कास्की फर्निचर तथा फनिर्सिङ संघका अध्यक्ष हिरामणि पण्डितले पालिखे नेतृत्वको टिमलाई जिताउने निर्णय गदै अन्य ब्यवसायीलाई पनि सहयोग गर्न आग्रह गर्ने निर्णय भएको बताए ।
यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार देव क्षेत्रीलाई बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनले समर्थन एवं सहयोग गर्ने निर्णय गरेको बताइन्छ । क्षेत्रीको समूहलाई नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला संगठन समिति कास्कीले पनि सहयोग गर्ने भएको छ । संगठनका कावा अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी बिहीबार एक विज्ञप्ति प्रकाशित गरि समर्थन गर्ने प्रतिवद्धता जनाएका हुन् । यता, अधिकृत विक्रेता संघ पोखराले आफ्ना उम्मेदवार सुरेश अधिकारी र हरिराज पन्तलाई सहयोग गर्न अपिल गरेको छ । संघका अध्यक्ष सुरेश अधिकारीले पोउवासंघको वाणिज्यतर्फको उपाध्यक्ष पदमा र संघका वरिष्ठ उपाध्यक्ष हरिराज पन्तले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन् । ड्यापका उपाध्यक्ष अनिल श्रेष्ठ र महासचिव होम राइले एक अपिल प्रकाशित गर्दै संघका आधिकरिक दुवै उम्मेदवार अधिकारी र पन्तलाई मत दिइ विजयी गराइदिन आग्रह गरेका छन् ।

Post a Comment