0
गोल्डेन न्यूज संवाददाता
पोखरा २५ भदौ ।
पोखरा उद्योग वाणिज्य संघको ३१औं महाधिवेशन नजिकिंदै जाँदा महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिनेहरुलाई चुनाव लागेपनि मतदाता व्यवसायीलाई भने अझै चुनावी रन्कोले छोएको छैन । मतदाता उद्योगी व्यवसायीहरु आफ्नो व्यवसायिक प्रतिष्ठानमा र घर अर्थात कार्यालयमा मत माग्न भन्दै कुन उम्मेदवार आउछन् भन्ने लेखाजोखा गरि बसेका छन् । उम्मेदवारको अघिपछि लागेर चुनावी प्रचार गर्नेहरुको संख्या विगतका महाधिवेशन भन्दा कम छ । यसअघिको महाधिवेशनमा आफूले चाहेको व्यक्तिलाई अध्यक्षमा जिताउन सके विभिन्न पदाधिकारीमा समेत आफ्नो अनुुकुलका व्यक्तिलाई मनोनित गर्न सकिने व्यवस्था रहेकोले बाध्यताबस अध्यक्षको पछि लाग्ने प्रचलन थिया तर यसपटक भने संघको विधान संशोधन भएपछि पहिलो पटक चुनाव हुँदैछ । जसका कारण सबैजसो पदका उम्मेदवारहरु प्यानल र समूहमा भन्दा व्यक्तिगत पहुँच र प्रभावका आधारमा चुनावमा होमिन बाध्य भएका छन् । यसपटकको चुनावमा २ वटा प्यानल स्पष्ट देखिएपनि अन्य धेरै उम्मेदवारहरु प्यानलमा नरहि चुनावी मैदानमा उत्रिएका छन् । प्यानलमा राखिएकाहरु पनि विभिन्न पार्टी र विचार लिएकाहरु रहेकोले उम्मेदवारले बनाएको प्यानलमा नै मतदाताले मतदान गर्छन् भन्ने सम्भावना कम छ । अधिकांश मतदाताले प्यानल क्रस गर्ने र आफूले चाहना गरेका उम्मेदवारलाई मतदान गर्ने निश्चित छ । जसले गर्दा निर्वाचित हुने अध्यक्षले आफ्नो प्यानल पाउने सम्भावना अत्यन्त कम छ ।
मतदाता व्यवसायीहरुको संख्या करिब ३ हजार रहेपनि उनीहरुले अर्झैसम्म कुन–कुन पदमा क–ससलाई मतदान गर्ने भन्ने निश्कर्षमा पुग्न बाँकी नै छ । त्यसैले गर्दा कुनै अध्यक्ष या अन्य पदाधिकारीकअ उम्मेदवारको पछाडि प्रचारकको रुपमामात्र नभएर पोउवासंघले आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा समेत मतदाता व्यवसायीको सहभागिता न्यून रह्यो ।
शनिबार आयोजित कार्यक्रममा कुल मतदाताको १० प्रतिशत जतिमात्रै व्यवसायी कार्यक्रममा उपस्थित रहे । यसले निर्वाचन प्रक्रिया र नेतृत्व चयन प्रक्रियामा व्यवसायी उदासिन देखिएको स्पष्ट हुन्छ । हुन त यसअघि पटक–पटक संघको विधान संशोधन गर्नका लागि विशेष अधिवेशन तथा साधारणसभा बोलाउँदा समेत गणपुरक संख्याको अभावमा विधान संशोधन प्रक्रिया अवरुद्ध बन्दै आएको थियो । त्यसपछि संघका कार्यसमितिका सदस्यहरुले घर–घरमा पुगेर व्यवसायीहरुको हस्ताक्षर गराई विधान संशोधन गर्न आवश्यक गणपुरक संख्या पु¥याएका थिए ।


Post a Comment

 
Top