0
नेप्लीज इन्काउण्टर, लेकसाइडको आयोजना तथा कास्की जिल्ला टेनिस संघको सहयोगमा मंगलबारदेखि पोखरा रंगशालामा तेश्रो नेप्लीज इन्काउण्टर भेट्रान्स खुल्ला टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्र्तगत मंगलबार मेन्स सिंगलतर्फ १४ खेल सम्पन्न भएको छन् । सम्पन्न खेलहरुमा दोर्जे लामा, धर्म कोइराला, अमृत कार्की, गोपीबहादुर भट्टराई, नविन श्रेष्ठ, विनोद कायस्थ, बबि चन्द, लोक गुरुङ्ग, निरज थापा, डा. देव थापा, शंकर कार्की, नारायण पहारी, सर्य शाही, विरेन गहतराजले जित हाँसिल गरेका छन् । दोर्जेले माधब भण्डारीलाई, धर्मले शरण गुरुङ्गलाई ७–५, ६–२ ले, अमृतले कृष्ण केसीलाई, गोपीले मनु त्रिपाठीलाई ६–२, ६–१ मा, निरज थापाले शिव सुवेदीलाई, बबि चन्दले चन्द्र लामालाई ७–५, ६–१ ले, शंकर कार्कीले राजु गुरुङ्गलाई ६–१, २–६ र १०–६ मा पराजित गरे । मंगलबारको खेलमा विकास गुरुङ्गलाई स्वास्थ्यले साथ नदिंदा पहिलो खेलबाटै बाहिरिनु पुगे । नविन श्रेष्ठ विरुद्धको खेलमा उनले दोश्रो सेटमै खेल छाड्न प¥यो । पहिलो सेटको खेल ६–४ ले नविनलाई सुम्पिएका विकासले दोश्रो सेटको खेल पुरा खेल्न सकेनन् । मंगलबारनै भएको डबल्सतर्फ गोपीबहादुर भट्टराई र शरण गुरुङ्गको जोडिले नविन चालिसे र धर्म कोइरालाको जोडिलाई ६–४, ६–२ ले, अनिल तुलाचन र दोर्जे लामाको जोडीले विदेशी खेलाडी मिचेल र नारायण पहारीलाई ६–०, ६–१ ले, लोक गुरुङ्ग र राजन पौडेलको जोडिले शंकर कार्की र अमृत कार्कीलाई ६–३, ६–२ ले, राजु गुरुङ्ग र बबि चन्दको जोडिले चन्द्र लामा र पदम गुरुङ्गको जोडिलाई ७–५, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । बुधबार पनि खेल जारी रहने प्रतियोगिता आयोजक नारायण पहारीले जानकारी दिए ।








Post a Comment

 
Top