0
नेपाली काँग्रेस पोखरा १० कार्यसमितिको सक्रियता कास्की किसान संघको आह्वानमा नेपाल किसान संघ पोखरा–१० को नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति माधव प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किशोर कुमार घिमिरेको सभापतित्वमा ७ सदस्यीय समिति गठन गरेको छ। समितिको सचिवमा पुष्पा खनाल, कोषाध्यक्षमा मञ्जु गौतम र सदस्यहरुमा रामप्रसाद शर्मा, आस्मी गुरुङ्ग, रुद्रबहादुर कार्की र चूडामणि तिमिल्सिना निर्विरोध निर्वाचित भएको उक्त कार्यक्रममा क्षेत्रीय प्रतिनिधि शिव प्रसाद तिमिल्सिनालाई चयन गरियो । कार्यक्रममा किसान संघ सम्बन्धी काम कार्वाही सम्बन्धी प्रमुख अतिथि माधव प्रसाद बाँस्तोलाले जानकारी गराउँदै हामी सबै नेपालीहरु किसान रहेको बताए । कार्यक्रममा क्षेत्र नं.२ का क्षेत्रीय सचिव कृष्ण प्रसाद कोइराला, नेपाल किसान संघ कास्कीका सभापति शिवप्रसाद गौतम, कास्कीका सदस्य अनिता तिमिल्सिना लगायतले आ–आफ्नो विचार राखेका थिए । नेपाल किसान संघ निर्वाचन कार्यक्रममा क्षेत्र नं.२ का क्षेत्रीय सदस्यमा मनोनित भएकोमा इकाईका पूर्व सभापति विष्णु प्रसाद शर्मालाई खादा लगाई सम्मान गरिएको थियो । नेपाली काँग्रेस वडा नं. १० का सभापति कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति राजेश गुरुङ्ग र कार्यक्रमको संचालन सचिव सम्मर बहादुर श्रेष्ठले गरेका थिए ।



Post a Comment

 
Top