0
गोल्डेन न्यूज संवाददाता
टे«किङ इक्यूपमेन्ट सप एशोसिएशन (टेसा), पोखराको १९ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले नारायणप्रसाद सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । कार्यसमितिमा निवर्तमान अध्यक्ष चन्द्रप्रसाद पौडेल, प्रथम उपाध्यक्ष रामचन्द्र गिरी, द्वितीय उपाध्यक्ष नारायण सापकोटा, सचिव प्रमोद भण्डारी, सहसचिव रामजी अधिकारी र कोषाध्यक्ष दामोदर बराल छन् । सदस्यमा टीकाबहादुर लम्साल, महेन्द्र जिसी, चिरञ्जीवी लामिछाने र टंक सुवेदी चयन भए । कार्यकाल २ वर्षको हुनेछ । संस्थाको संशोधित विधानअनुरुप बहुपदीय पदाधिकारी बनेको हो । जनआन्दोलन सहिद परिवार एवं घाइते समन्वय समिति कास्कीका सहसचिव समेत रहेका अध्यक्ष सुवेदीले व्यावसायिक हकहितको लागि अघि बढ्दै पर्यटन प्रवद्र्धनमा पहल गर्ने प्रतिवद्धता जनाए । टे«किङका लागि अत्यावश्यक सामान बिक्री वितरण गर्ने व्यवसायीको साझा संस्था टेसामा हाल ६६ सदस्य छन् ।  यसअघि साधारणसभा उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले दीगो विकासका लागि व्यवसायीले आफ्नो क्षमता बढाउनुपर्ने बताए ।  उनले पर्यटन सुधारका लागि प्रत्यक्ष रुपमा सहभागिता जनाउनुपर्नेमा जोड दिए । नेपालको कुल ग्राह्स्थ उत्पादनमा पर्यटनको मात्र ४ प्रतिशत योगदान रहेको चर्चा गर्दै उनले पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवार विश्वशंकर पालिखे र देव क्षेत्रीले आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउँदै व्यावसायिक हकहितको लागि आफूलाई जिताउनु आग्रह गरे । कार्यक्रममा पर्यटन व्यवसायी सोम थापा, बासुदेव त्रिपाठी, गणेशबहादुर भट्टराई, पर्यटन बोर्डका सूर्य थपलिया, पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । टेसाका अध्यक्ष चन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र गिरीले र संचालन सचिव नारायण सापकोटाले गरेका थिए । निर्वाचन संयोजक अग्निप्रसाद कँडेल थिए ।





Post a Comment

 
Top