0
गोल्डेन न्यूज संवाददाता
लोकगायिक एवं साहित्यकार अम्विका भण्डारी बुधबार पोखरामा सम्मानित भएकी छन् । पोखराको रेडियो सफलताले आफ्नो छैटौं तीज विशेष कार्यक्रमको अवसरमा लोकगीत र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै भण्डारीलाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्व भण्डारी भण्डारी लामो समयदेखि लोकगीत र साहित्य क्षेत्रमा क्रियाशील छिन् । उनका चारवटा तीज गीत म्युजिक भिडियो र केही पुस्तकहरु समेत बजारमा आइसकेका छन् । उनको पछिल्लो तीजगीत म्युजिक भिडियो नभइदेन मेरो मन दुखी बरिलै हालै जार्वजनिक भएको थियो । उनी पछिल्लोक्रममा व्यवसायमा समेत आवद्ध छिन् ।


Post a Comment

 
Top