0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान संघ कास्की क्षेत्र नं ४ को चौथो क्षेत्रीय अधिवेशनबाट आन्नद प्रसाद अधिकारीले सभापतिमा चयन भएका छन् ।  संघको सदस्यहरुमा मित्रलाल रेग्मी, मान बहादुर कार्की, शुभकन्या गुरुङ, डिल्लीराज सापकोटा, उमनाथ पौडेल, चन्द्रकान्त अधिकारी, देवीलाल गौतम, बुद्धिसागर पौडेल गोविन्द प्रसाद अधिकारीलाई सर्वसम्मत निर्वाचित गरिएको छ । यसअघि कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्यसमिति कास्कीका सभापति कृष्ण के.सीले बेरोजगार युवाहरुलाई स्वेदशमानै व्यवसायिक खेतीतर्फ आर्कषित गराई, विदेश जान नपर्ने वातावरणको सिर्जना गरिन आवश्यक भएको बताए । उनले व्यवसायिक रुपमा उखु खेती गर्नका लागि कृषि सहकारी गठन गर्न सुझाव दिए । नेपाल किसान संघ कास्की क्षेत्र नं ४ का सभापति भीम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नं ४ सभापति पोषनाथ शर्मा, महासमिति सदस्यहरु रामचन्द्र त्रिपाठी, दीपक गुरुङ, नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली, महाधिवेशन प्रतिनिधि तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन, कास्की काँग्रेस पुर्व सचिव युवराज कुँवर, नेपाल महिला संघ कास्की सचिव कमला बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघ सभापति राम गुरुङ, नेपाल तरुणदलका तर्फबाट मीन बहादुर गुरुङ, सम्पूर्ण गाँउ इकाई समितिहरुको तर्फबाट सार्दीखोला गाँउ इकाई सभापति गुञ्जमान गुरुङ, नेपाल आदीबासी जनजाति संघको तर्फबाट देउकाजी गुरुङ लगायतले बोेलेका थिए । कार्यक्रममा पोखरा २९ हेमजा कार्य समिति सभापति मधुसुधन त्रिपाठीले र सञ्चालन नेपाल किसान संघ क्षेत्र नं ४ का सचिव आनन्द प्रसाद अधिकारीले गरेका थिए ।



Post a Comment

 
Top