0
गोल्डेन न्यूज संवाददाता
तमु धिं नेपालको आगामी चारवर्षका लागि पदाधिकारीका सबै पदमा निर्विरोध भएको छ । विहीवार वर्तमान केन्द्रीय सदस्य  हुमबहादुर तमुले द्वितीय उपाध्यक्षमा, सचिव गिरीप्रसाद तमुले महासचिमा, केन्द्रीय  सदस्य दुर्गाबहादुर तमुले सहसचिवमा र केन्द्रीय सदस्य सुवेदार तुलबहादुर तमुले सह–कोषाध्यक्ष पदमा एकल उम्मेदवारी दर्ता भए पछि तमु धिं नेपालको पदाधिकारी सबै पदमा निर्विरोध निर्वाचित भएको हो । एकल उम्मेवारी दर्ता भए पनि द्वितीय उपाध्यक्ष, महासचिव, सहसचिव र सहकोषाध्यक्ष निर्वाचन तालिका अनुसार  निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितिले शुक्रवार मात्रै गर्ने निर्वाचन समितिका प्रमुख गणेशबहादुर तमुले जानकारी दिए। निर्वाचन कार्यतालिका अनुसार गत असोज ७ गते पदाधिकारीको अध्यक्षसहित ८ पदमा मनोनयनको लागि मिति र समय तोकिए पनि पहिलो चरणमा द्वितीय उपाध्यक्ष, महासचिव, सहसचिव र सहकोषाध्यक्षमा कसैको पनि उम्मेदवारी दर्ता हुन नसके पछि असोज १३ गते बिहीवार उम्मेदवारी दर्ताका लागि मिति र समय तोकिएको थियो । तमुहरुको पुरानो साझा गर्बिलो केन्द्रीय संस्था तमु धिं नेपालको असोज १७ गते हुन गईरहेको ३२ औं साधारणसभा तथा अधिवेशनबाट नेतृत्व चयनका लागि असोज ७ गते अध्यक्षमा स्थापनाकालदेखि नै नेतृत्व प्रदान गर्दै आएकी सफल सामाजिक अगुवा कर्म तमुको मात्रै उम्मेदावारी दर्ता भई निर्विरोध भएकी थिइन ।



Post a Comment

 
Top