0
गोल्डेन न्यूज संवाददाता
गोल्डेन न्यूजकर्मी तथा युवा पत्रकार हरि पन्त बिहीबार पोखरामा नगद पुरस्कारसहित सम्मानित भएका छन् । लायन्सको गतिविधिमा महत्वपूर्ण सहयोग गरेको भन्दै लायन्स क्लव अफ पोखरा अर्पणले पत्रकार पन्तलाई पाँच हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो । अर्पण लायन्सको नवौं पदस्थापना कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटीले पत्रकार पन्तलाई सम्मान गरेका थिए । पन्तले प्राप्त गरेको यो लायन्स पुरस्कार तेस्रो हो । उनले यसअघि लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालले प्रदान गर्ने लायन्स वेष्ट जर्नालिष्ट अफदी इयर पुरस्कार र लायन्स क्लव अफ पोखरा पिस चौतारीले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेका छा् । पन्त एक दशकदेखि पोखराको पत्रकारितामा सक्रिय छन् ।


Post a Comment

 
Top