0
लेखनाथको सेभेनलेक कृषि सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सहकारी प्रशिक्षण डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रीनाथ आचार्यले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै उनले राष्ट्रबादी र स्वाभिमानी नागरिक सहकारीमा आबद्ध हुने बताए । उनले सहकारी क्षेत्रमा संख्यात्मक विकास भएपनि गुणात्मक विकास हुन नसकेको बताए । निर्यात भन्दा आयात बढि भएपछि स्वाभिमानी आत्मनिर्भर र स्वाभिमान हुन उद्यम गनुपर्ने बताउदै विदेशबाट आयात गर्ने धेरै र निर्यात थोरै हुने गरेको बताए । उनले सहकारी विधि र प्रक्रियाभित्र रहेर संचालन गर्नुपर्ने बताउँदै जहाँ युवा हुन्छन्, त्यँहा सम्भावना हुने बताउदै देशलाई विकसित बनाउन युवाको नेतृत्व आवश्यक रहेको बताए । उनले देशको समृद्धिका लागी सहकारी आवश्यक रहेको बताए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीहरुले सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै विधि र प्रक्रियाबाट संचालन हुनुपर्ने बताए । सहकारीका सल्लाहकार संयोजक टिकाराम पगेनीले छरिएर रहेको पँुजीलाई एकीकृत गदै देशलाई समृद्ध र समुन्त बनाउने बाटोमा अग्रसर रहेको बताउँदै देशलाई आत्मनिर्भर र स्वाभिमान बनाउन कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।  युवा संघ कास्कीका अध्यक्ष एवं शेयर सदस्य विष्णु पुनले कृर्षि क्षेत्रबाटै देशको आर्थिक समृद्धि हुने भएकाले कृर्षि क्षेत्रमा लागनी गरेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा जिल्ला सहकारी संघका अनुगमन संयोेजक सन्तु सुवेदी, छत्तधनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर थापा, जनप्रिय सहकारी संस्थाका मुरारी बराल, जलधारे बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद अधिकारी, सेभेनलेक सहकारीका उपाध्यक्ष नृपेश अधिकारी लगायतले सहकारीका बारेमा बोलेका थिए। सहकारीका प्रवन्धक कृष्णप्रसाद अधिकारीले सहकारीको अवस्था र भावी कार्यक्रम बारे जानकारी दिएका थिए ।
२०७१ सालमा ७ जनाबाट सुरु भएको सहकारीमा हाल करिब तीन सय शेयर सदस्य रहेको र २९ लाखको शेयरबाट संचालन भएको सहकारीमा हाल १ करोड ५ लाख पुगेको जानकारी उनले दिए । त्यस्तै सहकारीले पाँच लाख ऋण लगानी गरेको प्रवन्धक अधिकारीले बताए । आगामी वर्ष २ करोड शेयर पुँजी र ४ करोड निक्षेप पु¥याउने लक्ष्य रहेको उनले बताए ।  यसैगरी नयन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखनाथको पाँचौ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथका सहकारीले सहकार्य गरी उद्योग स्थापना गर्न पुँजी खर्च गर्नुपर्ने बताएका छन् । अध्यक्ष त्रिपाठीले लेखनाथमा ६५ सहकारीबाट अरवौं रुपैयाँ संकलन भएपनि देखिने गरी ठोस काम हुन नसकेको उल्लेख गरे । उनले सहकारीका सदस्यहरु को सामान्य व्यवहार टार्न भने सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।सहकारीका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको साधारण सभामा कृष्णहरि ढुंगाना, रामकृष्ण जि.सी, सोवित कुमार थापा, विश्वराज सापकोटा, दामोदर सापकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ताका रुपमा सोवित कुमार थापा, उत्कृष्ण ऋणिका रुपमा राजु ढकाल, उत्कृष्ट कर्मचारीमा कमला भण्डारी, बर्षको उत्कृष्ट कर्मचारीमा सोनु तिवारी, एस एल सी मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्य ज्ञानबहादुर तिमिल्सेनाका छोरा संजय तिमिल्सेनालाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन शिवहरी सुवेदीले गरेका थिए । साधारण सभाले आर्थिक तथा बार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।



Post a Comment

 
Top