0
गोल्डेन न्यूज संवाददाता
नेपाल किड्नी फाउन्डेसन र डाभिटा भिलेज ट्रस्टको आयोजनामा आगामी सोमबार पोखरामा बृहत् निःशुल्क मृगौला परीक्षण, ल्याब टेष्ट तथा निःशुल्क औषधि वितरण कार्यक्रम हुने भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय जोन ३३ नेपाल अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ पोखरा सेती गण्डकी, लायन्स क्लब अफ पोखरा चौतारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र लायन्स क्लब अफ पोखरा स्टकको स्थानीय ब्यवस्थापनमा बृहत् निःशुल्क शिविर हुन लागेको स्थानीय ब्यवस्थापन संयोजक लायन्स अन्तर्राष्ट्रिय जोन ३३ का चियर पर्सन मिलन थापाले बताए । ‘शिविरमा सबै उमेरका ब्यक्तिले निःशुल्क परीक्षण गर्न सक्ने छन् । बिशेष गरि हामीले ४० कटेका ब्यक्तिहरुलाई शिविरमा परीक्षणका लागि विशेष आह्वान गरेका छौं ।’ स्थानीय ब्यवस्थापक मध्यका एक लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन सुदिप पौडेलले भने । पौडेलका अनुसार १ दिनका लागि आयोजना गरिएको शिविर बिहान ९ बजेदेखि शुरु हुनेछ । कार्यक्रममा अमेरिकाबाट आएका मृगौला विशेषज्ञ डाक्टरहरुले निःशुल्क परीक्षण गर्नेछन् । कार्यक्रममा पर्वतका एकै घरका ४ जना मृगौला पीडित परिवारका लागि आर्थिक सहयोग गर्नेपनि स्थानीय ब्यवस्थापनका संयोजक मिलन थापाले जानकारी दिए । लेखनाथका लागि निःशुल्क मृगौला परीक्षण तथा औषधि बितरण आगामी ९ गतेका लागि तोकिएको आयोजकले जनाएको छ । नेपाल किड्नी फाउन्डेशनले बिगत ३ बर्षदेखि निःशुल्क मृगौला परीक्षणलाई शिविरका रुपमा बिभिन्न जिल्लामा गर्दै आएको छ ।



Post a Comment

 
Top