0
गोल्डेन न्यूज संवाददाता
कालिका मावि रामबजारको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाको आयोजनामा जिल्लास्तरीय कविता प्रतियोगिता शुक्रबार सम्पन्न भयो । सोही अवसरमा लागत सहभागितामा निर्माण गरिने विद्यालय भवनको शिलान्यास पनि गरिएको थियो । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको प्रमुख आतिथ्यता सम्पन्न विद्यालय भवनको शिलान्यास कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश तिवारीले गरेका थिए थियो भने दोस्रो चरणमा आरम्भ गरिएको रेडक्रस कविता प्रतियोगिताको सभाध्यक्षता नेजुरेस कालिका माविका अध्यक्ष टीका सुनारले गरेका थिए ।
सामुदायिक तथा संस्थागत् र आयोजक विद्यालय गरी जम्मा १९ वटा विद्यालयहरूबाट जुनियर रेडक्रस सर्कलका छात्र÷छात्राहरूले कविता प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपाली भाषा शिक्षिका मायाकुमारी थापाको संयोजकत्वमा रेडक्रसका प्रतिनिधि एवं साहित्य एवम् रङ्गकर्मी मोहनसिंह खड्का र नेपाली भाषा शिक्षिका तारादेवी पराजुली सदस्य रहेको निर्णायक मण्डलको निर्णय अनुसार सैनिक आवासीय महाविद्यालयका सागर न्यौपाने प्रथम, करुणनिधि एजुकेशन फाउण्डेशनका विष्णु पौडेल द्वितीय र डिज्नील्याण्ड एकेडेमीका गरिमा रेग्मी तृतीय हुन सफल भएका थिए भने सान्त्वना स्थान मदरल्याण्ड उमाविका दीक्षा अर्यालले प्राप्त गरिन् । पुरस्कृत विद्यार्थीहरूलाई क्रमशः प्रथम हुनेलाई १ हजार ५०० साथै द्वितीय हुनेलाई १ हजार, तृतीय हुनेलाई ८ सय र सान्त्वना हुनेलाई ५ सय रुपैयाँ नगदको साथमा आकर्षक ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो । उक्त नगद पुरस्कारको सौजन्य उत्तम चोकस्थित रोयल सहकारी संस्थाले गरेको थियो । कालिका मावि रामबजारको प्राङ्गणमा सम्पन्न कविता प्रतियोगितामा सहभागीहरूलाई विद्यालयकोतर्फबाट प्रधानाध्यापक बलराम गिरीले स्वागत गरेका थिए भने रेडक्रस तथा यसको महत्वबारे नेपाल रेडक्रस सोसाईटी कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले प्रकाश पारेका थिए ।  प्रतिगितामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई शिक्षक नायक पूर्णबहादुर गुरुङले धन्यवाद ज्ञापन गरे भने कार्यक्रमको संचालन सह–शिक्षक नायक ज्ञानबहादुर थापाले गरेका थिए ।




Post a Comment

 
Top