0
मोसफलकै सर्वाधिक पुरस्कार राशीको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिरका अर्जुन वर्णवालले जितेका छन् । ओभरअल फाईनलमा उनले अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै उनले नगद १ लाख ५५ हजार राशिसहितको ट्रफी उचाले । उनी  ७५ केजी तौल समूहमा समेत स्वर्ण पदक जितेका थिए । उपाधिका लागि पहिलो संस्करणका विजेता रामबहादुर दाहालले पनि प्रतिस्पर्धा गरेका थिए । तर उनी सँगै भर्खर भुटानमा सम्पन्न ५०औं एशियन च्याम्पियन शिपमा ७५ केजी तौलमा स्वर्ण पदक जितेका महेश्वर महर्जनले समेत प्रतिस्पर्धा गरेका थिए । दुवैको चुनौतिलाई पन्छाउँदै वर्णवालले उपाधि चुम्न सफल भए । ५५ केजी तौलबाट कमल भण्डारीले फाईनल प्रतिस्पर्धामा उत्रिएका थिए । स्वर्ण पदक जितेका उनले नगद १५ हजार रुपैयाँ पाए । त्यसैगरी ६० केजी तौलमा .सन्जीव श्रेष्ठ स्वर्ण जित्दै फाईनल प्रतिस्पर्धामा उत्रिए । ६५ केजी तौल समूहमा प्रथम मिष्टर बुल्समेन रामबहादुर दाहालले उपाधिको लागि चुनौति पेश गरेका थिए । ७० केजी तौलमा रामहरि खनालले स्वर्ण पदक जिते । ७५ केजी तौलमा महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भए तर उपाधिबाट भने विमुख नै रहे । आयोजक बुल्समेन क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङका अनुसार ५५ केजी तौल समूहमा सुरेन्द्रप्रसाद बर्मा, गौरवप्रसाद श्रेष्ठ, कमल भण्डारी, शुशिल विन्दुका र सुरेश गुरुङ अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । ६० केजी तौल समूहमा रमेश कार्की, देवेन्द्र बज्रचार्य, सुपेन्द्र डंगोल, आशिष ढेवाजू, सन्जीवकुमार श्रेष्ठ छन् । ६५ केजी तौलमा रामबहादुर दाहाल, अनिललाल श्रेष्ठ, अमितकुमार मण्डल, ताराबहादुर थापाक्षत्री, किरण यादव रहेका छन्। प्रतियोगितामा भारत, हङकङ, मकाउबाट समेत खेलाडीको सहभागिता रहेको छ ।



Post a Comment

 
Top