0
देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गर्ने भएको छ । देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल मेला बिहीबार नारायणगढको नारायणी किनारबाट शुरु भएको हो । विविध रोचक कार्यक्रहरु र कक्सर्ट सहित मेला ११ बजे देखि शुरु भई साझ सम्म चल्ने छ । चर्चित कलाकारहरु तथा संगीतिक समूहको प्रस्तुतिहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आकर्षणहरु हुन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ र समृद्घि राईको प्रस्तुति रहने छ । साथ साथै एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदानगर्ने विश्वास लिईएको छ । मेलाको मुख्य आकर्षणका रुपमा कन्सर्ट रहेको छ । गायक सुगम पोख्रल, शिव परियार र मिलन अमात्यले आफ्नो उत्कृष्ट गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् । साथै अन्य कलाकार लाउरे र एक्स व्याण्डको विशेष प्रस्तुति पनि रहनेछ । मनोरञ्जनका कार्यक्रमका साथ साथै आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् । सबै उमेर समूहका दर्शकहरुलाई लक्षित गरी एनसेल मेलामा विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । गेम स्टहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् भने बालबालिकाका लागि विषेश किड्स जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहनेछन्। आगन्तुकहरु का लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टल पनि रहनेछन् । त्यस्तै अन्य आकर्षणमा मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि रहनेछन् । पर्यटकीय नगरी पोखरामा एनसेल मेला मार्फत नजिकिंदै गरेको चाडपर्वको अवसरमा खुशीयाली साट्न तथा आप्mना ग्राहकहरुसँग शुभकामना आदान–प्रदान गर्न हामी उत्साहित छांै,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने–“यो मेलाले सबैलाई खुसी बाँड्ने र परिवारजन, आफन्त र साथीभाईसँग नजिक रहन थप उर्जा प्रदान गर्ने कुरामा विश्वस्त छांै। चितवनको नारायणघाट शुरु भएको एनसेल मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात् समापन हुनेछ ।

Post a Comment

 
Top