0
गोल्डेन न्यूज संवाददाता
पोखराको बाटुलेचौरमा रहेको कोमागाने मातशिशु अस्पताल बुधबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरको भगिनी सम्बन्धको सहयोगमा ५ वर्ष अगाडि निर्माण गरिएको अस्पताल नेपाल सरकारलाई हस्तान्तरण गरिएपछि त्यस आसपासका स्थानीयहरुले भने विभिन्न अड्कलबाजी गर्न थालेका छन । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मातशिशु अस्पताल सरकारलाई हस्तान्तरण गरिरहँदा त्यहाँका स्थानीयमा भने अस्पताल सरकारीरुपमा सञ्चालन हुदा मातशिशु अस्पताल पनि अन्य सरकारी अस्पताल जस्तै लथालिङ्ग अवस्थामा पुग्ने होकी भन्नेमा चिन्तित देखिन्थे । जापानको कोमागाने नगर र पोखराका स्थानीयको सहयोगमा झण्डै १७ करोडको लगानीमा निर्माण सम्पन्न भएको अस्पतालमा २५ सैया बेड क्षमता रहेको छ । उक्त अस्पतालको सेवा सुविधाबाट लाभ लिइरहेका बाटुलेचौरका स्थानीयहरु यतिवेला भने सरकारी स्वामित्वमा गएपछि अस्पतालबाट प्रदान हुने सेवा सुविधा निरन्तरता पाउने हो की नपाउने हो भन्नेमा चिन्तित रहेको बताउँछन । सो अवसरमा भेटिएका बाटुलेचौरका स्थानीय लालबहादुर थापाले कोमागाने मातशिशु अस्पतालले बाटुलेचौर वरपरका सुत्केरी आमा हरुको सुरक्षामा विशेष योगदान दिंदै आएको भएतापनि हाल आएर सरकारी करण हँुदा कतै अन्य सरकारी अस्पतालकै जस्तो हालत हुने होकी भन्ने चिन्ता छाएको बताए।  थापाले जापानको सहयोगमा निर्माण भइ निजी स्तरबाट संचालन हँुदा अस्पतालमा समयमानै उपचार र विभिन्न सेवा प्राप्त भइरहेको र त्यो सुविधामा सरकारी करणले गर्दा ढिलासुस्ती नहोस भन्नेमा जोड दिए । त्यसो त लालबहादुर थापामात्र हैन लामाचौरका युवा बुद्धि बहादुर खत्रीले पनि कोमागाने मातृ अस्पताल स्थानीय जनताको सहयोगमा निर्माण गरिएको भएतापनि सरकारी स्वामित्वमा गइरहँदा आफूहरुले चाहेजस्तो नहुने होकि भन्ने चिन्ता लागेको वताए । खत्रीले निजी स्तरमा सञ्चालित अस्पताल सरकारी करण भइरहँदा अस्पतालमा विभिन्न सेवा सुविधा संगै भौतिक निर्माणका लागी सरकारी बजेट, नीति नियमनहरुको ढिला सुस्तीले अस्पताललाई अन्य सरकारी संघ–संस्थाहरुजस्तो लथालिङ बनाइने होकि भन्नेतिर सोच्न बाध्य बनाएको उनको भनाइ थियो । अस्पतालका संचालक समितिमा रहेर काम गर्दै आएका बाटुलेचौरका स्थानीय पदम बहादुर कार्कीले भने अहिलेसम्म जापानको सहयोगमा सामुदायिक रुपमा सञ्चालन गर्दै आइरहेको भएतापनि सरकारी भएपछि यो अस्पताल सरकारी तवरबाट सञ्चालन हुने भएपछि आफूहरुलाई सजिलो हुने बताए । कार्कीले मातृशिशु आमा र शिशुका लागि भएको अस्पताल नेपालमा दुइ वटा मात्र रहेको वताउदै २५ बेड क्षमतामा आफुहरुले अस्पताल सञ्चालनमा ल्याएको बताए । सरकारलाई हस्तान्तरण गर्दै गर्दा आगामी दिनमा यसले अझै राम्रो गर्नेमा आफू ढुक्क रहेको बताए । एक स्थानीयले भने–‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र अस्पताल निजीबाट सरकारी करण भइरहँदा मातशिशु अस्पताल अन्य सरकारी स्वास्थ्य क्षेत्रका अस्पताल तथा स्वास्थ्य केन्द्रहरु जस्तो नबनोस् । सरकारीकरण भएतापनि यसले पहिलेकै जस्तै सेवा सुविधाहरु प्रदान गरोस् ।’



Post a Comment

 
Top