0
गोल्डेन न्यूज संवाददाता
पोखरामा गर्न लागिएको पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबलको तयारी पूरा भएको छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको छ आयोजक ट्रेनर नेपालका कार्यक्रम संयोजक रवीन गुरुङले भने–‘मःम र संगीतका पारखीहरुलाई भरपूर सन्तुष्टी दिने छौ।’ मेलामा झण्डै २० वटा विभिन्न खेलका स्टल र पिङहरु राखिने छ।त्यस्तै, मेलामा मःम सहित दशैका लागि आवश्यक खाद्य र लत्ताकपडाका स्ट्रलहरु राखिने छ। गुणस्तर कायम राख्नका लागि सीमित स्ट्रललाई मात्र प्राथमिकता दिइएको आयोजकको भनाई छ ।  मःम मेलामा तारे होटलमा कार्यरत कुकहरुले मःमको गुणस्तरलाई विशेष ध्यान दिने जनाइएको छ। आर इभेण्ट्स ट्रेनर नेपालले असोज १४ देखि १८ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा मेला गर्न लागेको हो। यसपटक मेलामा सुपथ मुल्यमा १० प्रकारका मिक्स मःम सहित च्याङग्रा, अष्ट्रिच, ओपन, ग्रीन, गुतपाक, टिबेटियन, ससेज, बनाना, कोथे, पोटाटो लगायतका मःमको स्वाद लिन पाईने छ। त्यस्तै निश्चित रकममा रोजीरोजी पेटभरी मःम खाने विशेष स्टलको पनि व्यवस्था गरिने छ। मेलामा मिक्स मःमका लागि एक सय ३५, पेटभरी मःम खानका लागि चार सय ९९ (ठूला व्यक्ति) र बालबालिकाले पेट भरी मःम खाएको मूल्य दुई सय ९९ रुपैयाँ तोकिएको छ। मेलामा प्रत्यक दिन जसो उत्कृष्ट नृत्य गर्नेलाई पेटभरि मःम र मःम पकाउँने भाडाँ उपलव्ध गराईने छ। अल्टा म्यूजिक फेष्टिबलका लागि डिजेहरु पोखरा आइपुगेका छन्। फेष्टिबल हरेक दिन साँझ पाँच बजेपछि हुने छ।। मेला एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने  मेला सम्पन्न गर्न ५५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। मेलाको अपाङगता भएका गोविन्दप्रसाद सुवेदी र लक्ष्मी सुनारले उद्घाटन गर्ने छन्।

Post a Comment

 
Top