0
गोल्डेन न्यूज संवाददाता 
पोखराको पृथ्वीचोक नजिकैको चाइना पुल व्यस्त हुँदा सवारीको लामो जाम हुन्छ । चाइना पुलको नजिकै विकल्प नहुँदा लामो समय सम्म जाममा बन्नुपर्ने वा महेन्द्रपुल नै पुग्नु पर्ने बाध्यता हुन्छ । महेन्द्रपुलको पुल पनि व्यस्त पुलमा नै पर्दछ ।  चाइना पुलको विकल्पका लागि पोखराको चोरसाँघुमा पुल निर्माण भई रहेपनि काममा ढिलाई भएको स्थानीयले गुनासो गरेका छन्। चोरसाँगुको पुल असोज सम्ममा मोटर गुडाउने लक्ष्य रहेको जिल्ला इन्जिनियर नारायण श्रेष्ठले बताए । करिब १ करोड ५० लाखको लागतमा पुल निर्माण हुने श्रेष्ठले जानकारी दिए ।  ८ वर्ष पहिले पोखरा उपमहागनगर पालिकाले निमार्ण सुरु गरेर त्यसै छाडेको पुललाई जिल्ला विकास समितिले पुरा गर्न लागेको हो । ८ वर्ष पहिलो नगरपालिकाले सेती नदिको वारिपारी नै फाउन्डेस निर्माण गरिसेको छ श्रेष्ठले भने बीचमा फलामको पुल जडान गर्ने काम भई सकेको बताए । फाउन्डेस सबै ठिक भएपछि बीचमा फलामे पुल निर्माण गरेको उनले बताए । करिब ३२ मिटर लामो पुल भदौ सम्ममा सक्ने लक्ष्य रहेपनि अहिले निर्माण कम्पनीले ढिलाई गर्दा भदौ सम्ममा नसकिने देखिएको स्थानीयको भनाई छ ।  पुलमा दोहोरो सवारी सञ्चालन हुने गरि निर्माण अगाडि बढेको छ । अहिले त्यस स्थानमा सानो साघँ छ। त्यसैबाट मानिसहरु आवत–जावत गर्दै आएका छन् ।





Post a Comment

 
Top