0
गोल्डेन न्यूज संवाददाता
भाद्र कृष्ण औसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारी पोखरा–१२ फूलबारी निवासी देवु गुरुङले आफ्नो बुवाको सम्झनामा पोखराको दोविल्लामा रहेको सहारा एकेडेमीलाई नगद तथा खाद्यान्न हस्तान्तरण गरेको छ । तीन बर्ष अघि दिवंगत भएका बुवा स्व. गगन सिंह गुरुङको सम्झनामा छोरी देवु गुरुङले बिहीबार पोखराको दोविल्लामा रहेको सहारा एकेडेमीमा बस्ने बच्चाहरुको सहयोगार्थ नगद तथा खाद्यान्न हस्तान्तरण गरेकी हुन । गुरुङ र उनका श्रीमान् कास्की जिल्ला फुटवल संघ एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङले सहारा क्लवका उपाध्यक्ष तथा सहारा एकेडेमीका होस्टेल इन्चार्ज सुरज गुरुङलाई नगद १० हजार रुपैयाँ तथा १२ हजार रुपैयाँ बरावरको खाद्यान्न हस्तान्तरण गरेका हुन् । नगद तथा खाद्यान्न हस्तान्तरण गर्दै देवु गुरुङले आफ्नो स्वर्गीय बुवाको सम्झना हरेक वर्ष बुवाको मुख हेर्ने दिनको अवसर पारेर पोखरामा रहेका बृद्धाश्रमहरुमा सहयोग गर्दै आइरहेको र सोही अनुरुप यो वर्ष पोखराको सहारा क्लवले स्थापना गरेको सहारा होस्टेलमा बस्ने अनाथ बालवालिकाका लागि आफूले सक्दो सहयोग गर्न पाउँदा खुसी लागेको बताइन । आगामी दिनमा पनि यस्ता सहयोग हरुलाई निरन्तरता दिने उनले बताइन । सो अवसरमा बोल्दै सहारा क्लवका उपाध्यक्ष तथा सहारा एकेडेमीमा सञ्चालन गरिएको होस्टेल इन्चार्ज सुरज गुरुङले सहारालाई प्रदान गरिएको नगद रकमलाई अक्षयकोषमा राखिने वताउदै विभिन्न ब्याक्तिकोे सहयोगलेनै सहारा क्लव यहाँँसम्म आइपुगेको जानकारी दिए । स्वर्गीय गगन सिंङ गुरुङ पोखरा उपमहानगरपालिका १२ का पूर्व वडा अध्यक्ष रहेको र उनले आफ्नो टोलमा तमुहरुको पच्यु सम्बन्धी अध्ययनका लागी समेत पच्यु खेगी प्रशिक्षण गर्दै आइरहेको र त्यसलाई पनि आफूहरुले सहयोग गर्दै आइरहेको गुरुङ परिवारले जनाएको छ ।






Post a Comment

 
Top