0
गोल्डेन न्यूज संवाददाता
पोखराको रेडियो सफलताद्वारा आयोजित छैँठौ तीज गीत प्रतियोगिता २०७३ मा अमरसिंह दृष्टिविहीन समूह प्रथम भएको छ । दृष्टिविहीन समूह प्रतियोगितामा सहभागी अन्य २४ टीमलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । यो समूहले १५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र हात पा¥यो । प्रतियोगितामा नारी उत्थान दिदी बहिनी समूह द्वितीय, त्रिवेणी सांगीतिक समूह तृतीय र गोर्खाली आमा समूह सान्त्वना हुन सफल भएको छ । प्रतियोगितामा प्रेमा रानाको समूह उत्कृष्ट नृत्य, सशक्त नमूना आमा समूह उत्कृष्ट भेषभूषा र साथीसंगी समूह अनुशासित भएको छ। प्रतियोगितामा द्वितीय हुनेले १० हजार, तृतीय हुनेले पाँच हजार र सान्त्वना हुने समूहले २ हजार रुपैयाँ नगद पुरस्कारका साथै  प्रमाणपत्र प्राप्त गरे । यस्तै उत्कृष्ट नृत्य, भेषभूषा तथा अनुशासित समूहलाई १÷१ हजार रुपैयाँ नगद पुरस्ीकार प्रदान गरिएको रेडियोले जनाएको छ । प्रतियोगितामा २५ टीम सहभागी थिए । यसअघि कार्यक्रममको उद्घाटन गर्दै सांसद सदस्य शारदा पौडेलले विशुद्ध नेपाली मौलिक पर्व तीजको मर्म र भावनालाई उजागर गर्दै वातावरण्ीय स्वच्छतामा योगदान गर्न आह्वान गरिन् । उनले हरितालिका तीजले महिलाहरुलाई भेटघाट र आपसी सद्भाव बढाउने पर्वको रुपमा लिनुपर्नेमा जोड दिइन । खानेपानी क्षेत्रीय अनुगमन तथा सुपेरीवेक्षण कार्यालय पोखराका सिनियर डिभिजनल इन्जिनियर नन्दलाल बञ्जाडेले मानवीय स्वास्थ्य तथा वातावरणीय स्वच्छताका लागि पर्यावरणको प्रदुर्षण रोक्दै सरसफाईमा समर्पित हुन आग्रह गरे । नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, वातावरण विभागका निर्देशक गोपाल प्रसाद वगालेले सरकार मानिस तथा वातावरणको दीगो जीवनको सुरक्षाका लागि योजनावद्ध रुपमा निरन्तर लागिरहेको बताए। पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेलले पोखरालाई वातावरणमैत्री शहर बनाउने कार्यमा हातेमालो गर्न अपिल गर्दै, रेडियो सफलताले गरेको कार्यको खुलेर प्रशंसा गरे । कार्यक्रमका मुख्य प्रायोजक तथा होटल रिदम अर्गानिक एण्ड रेष्टुरेन्ट विरौटाका प्रमुख दिपक शर्मा पौडेलले मानवीय स्वास्थ्य प्रवद्र्धनका लागि अर्गानिक उत्पादन तथा प्रयोग बढाउनुपर्नेमा जोड दिए । महिला समन्वय समिति पोखरा ७ की अध्यक्ष प्रभा पन्तले तीज पर्वहरुलाई महिला सशक्तिकरणको रुपमा लिनुपर्ने बताइन ।  रेडियोकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीले स्थापनाकालदेखि निरन्तर गर्दै आएको प्रतियोगीताको छैँठौ संस्करणमा स्वच्छ वातावरण का लागि सरसफाईलाई जोड दिईएको स्पष्ट पारिन् ।  कार्यक्रममा कार्यक्रम संयोजक सावित्रा कोईराला, रेडियोकी मधु अधिकारी, लोक गायिका अम्विका भण्डारीले पनि बोलेका थिए । कार्यक्रममा साहित्यकार तथा लोक गायिका अम्विका भण्डारीलाई सम्मान गरिएको थियो ।



Post a Comment

 
Top