0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ४, सिद्धार्थचोमा रहेको नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिकोत्सव एवं साधारणसभा शनिबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको कुरा जति सजिलोसंग गरेपनि व्यवहारिक रुपमा काम गर्न गाह्रो रहेको बताए । उनले सरकार तथा समाजको सहकारीप्रति हेर्ने दृष्टिकोण अझैपनि परिवर्तन हुन नसकेको स्पष्ट पारे । अध्यक्ष तिवारीले २०४८ सालमा सहकारी ऐन आउनुअघि जम्मा ८३३ सहकारी रहेकोमा हाल त्यो संख्या बढेर ३३ हजार बढी पुगेबो बताए । उनले कास्कीमामात्र ६१५ सहकारी संस्था संचालनमा रहेको स्पष्ट पार्दै ४३० सहकारी बचत कारोबार गर्ने र अन्य कृषि र उपभोक्ता सहकारी रहेको बताए । कास्कीका सहकारीमा मात्र १५ अर्व रुपैयाँ लगानी रहेको भन्दै राज्यको नीति सहकारीमैत्री नहुँदा सहकारीमा गरिएका लगानीको जोखिम बढ्दै गइरहेको बताए । सहकारी संस्थालाई बलियो बनाउने काम सदस्यहरुकै रहेको भन्दै तिवारीले सदस्यहरुले आफ्नो सहकारीबाटमात्र कारोबार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला गिरीले सरकारले हालै ल्याएको नयाँ सहकारी नीति ‘एक व्यक्ति, एक सहकारी’ अत्यन्त व्यवहारिक भएकाले यस नीतिलाई सबैले कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन ।
 
सिद्धार्थ क्लवका उपाध्यक्ष रवि मर्सानीले सिद्धार्थ क्लवको समन्वयमा स्थापित नव सिद्धार्थ र शुभ सिद्धार्थ सहकारी कास्कीका सहकारी मध्ये उत्कृष्ट रहेको भन्दै यस थप व्यवस्थित र प्रभावकारी ढङ्गले संचालन गर्न सिद्धार्थ क्लव मार्ग निर्देशन गर्न तयार रहेको स्पष्ट पारे ।  संस्थाकी अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ, निवर्तमान अध्यक्ष सावित्रा कोइराला, समर्पण सहकारीकी अध्यक्ष अर्जना प्रधान, संस्थाका ानूनी सल्लाहकार अधिवक्ता दुर्गा प्रसाद कोइराला, उपाध्यक्ष कल्पना श्रेष्ठ, सचिव तारा कोइराला, कोषाध्यक्ष साल्वी बाँस्तोला, लेखा संयोजक लक्ष्मी अधिकारी लगायतले संस्थाको गतिविधि माथि प्रकाश पारेका थिए । उक्त अवसरमा ज्येष्ठ नागरिक गौरी परियार, नारायणी देवी श्रेष्ठ, तारा माकाजू, उत्कृष्ट उद्यमी तथा शेयर सदस्य विष्णुमाया तिमिल्सिना, मधु धौ वञ्जरा, शारदा लामिछाने, धनमाया मर्सानी, डिलमाया कुँवरलाई सम्मान गरिएको थियो । २०६२ सालमा ६२ जना संस्थापकद्वारा संचालित नवसिद्धार्थ सहकारीको हाल ५६७ महिला सदस्य रहेका छन् । सहकारीको कूलपुँजी ९५ लाख रुपैयाँ रहेको छ भने आव २०७२÷०७३ मा मात्र २ लाख ९१ हजार ८५२ रुपैयाँ आम्दानी गर्न सफल भएको सहकारीकी कोषाध्यक्ष साल्वी बाँस्तोलाले बताइन । 


Post a Comment

 
Top