0
गोल्डेन न्यूज संवाददाता
दोश्रो लक्ष्मण स्मृति फुल कन्ट्याक्ट शिन क्योकुशिन कराँते प्रतियोगिता २०७३ मा पोखराका कृष्ण पौडेलले खुल्ला पुरुष तर्फको उपाधि जितेका छन । शनिबार पोखरा लेकसाइडको क्याम्पिङचोक स्थित खेल मैदानमा भएको फाईनलमा पौडेलले पोखराकै अरुण गुरुङलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन। गुरुङले रजत पदक पाउँदा विनोद निरौलाले कास्य पदक जिते ।
 
त्यसैगरी ६० केजी तौल समूहमा सन्तोस कुमार गुरुङले स्वर्ण पदक जितेका छन भने ब्रजेस कसाजु श्रेष्ठले रजत र विकास भण्डारीले काँस्य पदक जितेका हुन । प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ट खेलाडी ५५ केजी तौल समूहका ईश्वर सुवेदी र महिला तर्फ उत्कृष्ट ५० केजी तौल समूहमा दोलखाकी रेजना दर्नाल घोषित भए । उनीहरुलाई राखेपका सदस्य सचिव केशवकुमार विष्ट र वक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले खेलाडीलाई हौसला स्वरुप ५÷५ हजार नगद पुरस्कार वितरण गरेका हुन् ।  ५० केजी कम तौल समूहमा पोखराका साजन तामाङले स्वर्ण, काठमाडौंका दिनेश लामाले रजत र बाराका ओम प्रकाश महतोले काँस्य पदक जितेका हुन । ५५ केजी कम तौल समूहमा पोखराका नविन शेर्पाले स्वर्ण पदक जित्दा मकवानपुरका विनोद थापाले रजत पदक हात पारे । मकवानपुर कै रोशन प्रजाले भने कास्य पदक हात पारे । ४० केजी कम तौल समूहमा काठमाडौंका प्रविन लामाले स्वर्ण, बाराका आकाश कुमारले रजत र बाराकै अभय राउतले कास्ँय पदक जितेका हुन् ।
 
त्यसैगरी महिलातर्फ भएको खुल्ला तौल समूहमा काठमाडौंकी निशा बोहराले स्वर्ण पदक जितेकी छन । काठमाडौंकी अम्विका भुजेलले प्रतियोगितामा रजत पदक हात पार्दा चितवनकी सृजना तामाङले काँस्य पदक जितेकी हुन् । ५० केजी कम तौल समूहमा मकवानपुरकी निर्मला ल्होले स्वर्ण, काठमाडौंकी किरण सुवेदीले रजत र मकवानपुरकी उसा मुक्तानले काँस्य पदक जितेकी हुन । उक्त अवसरमा विजयी खेलाडीहरुलाई राखेपले नगदको व्याबस्था गरेको थियो । स्वर्ण विजेतालाई ३ हजार, रजतलाई २ हजार र कास्य पदक विजेतालाई एक हजार पुरस्कार प्रदान गरेको छ ।
 
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, स्वर्गीय लक्ष्मण श्रेष्ठका धर्मपत्नी सुस्मा श्रेष्ठ, कराँते महासंघका महासचिव हरीशरण केसी, नेपाल फुलकन्ट्याक कराँते महासंघका महासचिव विष्णुकान्त अर्याल, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, शिन क्योकुशिन कराँते संघ पश्चिमाञ्चलका प्रमुख प्रशिक्षक अशोक लामा (रुम्वा) लगायतले ट्रफि मेडल र प्रमाण पत्र वितरण गरेका थिए । उक्त अवसरमा सागमा रजत पदक विजेता विन्दु पुन मगरलाई सम्मान गरिएको छ । त्यसै गरी मकवानपुर डोजोका प्रमुख किशोर श्रेष्ठ, बाराका प्रमुख राजकुमार महतो, शिन क्योकुशिन कराँते संघ पश्चिमाञ्चलका प्रमुख प्रशिक्षक असोक लामा (रुम्वा), संघका संस्थापकका श्रीमती सुस्मा श्रेष्ठलाई सम्मान पत्रको साथमा दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।  प्रतियोगिता आयोजक कमिटीका अध्यक्ष प्रेमबहादुर तामाङ, सचिव केबी लामा लगायतले बोलेका थिए । उद्घाटनको अवसरमा सानी वालीका आकृति तामाङले नृत्य प्रस्तुत गरेकी थिईन । प्रतियोगितामा २१ जिल्लाका एक सय ५५ जना खेलाडीहरु सहभागि भएको संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कुमार श्रेष्ठले बताए । त्यसै गरी भारतको रक्सौलबाट १६ जना खेलाडीहरु आएको प्रशिक्षक लामाले बताए । संघका संस्थापक अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठको गत बर्ष निधन भएकोले उनको स्मृतिमा प्रतियोगिता संचालन भएको हो ।


Post a Comment

 
Top