0
गोल्डेन न्यूज संवाददाता
पोखरेली ख्रिष्टीय समुदाय अन्तर्गतको सामाजिक संगठन असल छिमेकी नेपालले मंगलबार यहाँ आप्mनो १४ औँ वार्षिक साधारणसभा तथा तेश्रो सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा पारदर्शिताको आवश्यकता पर्ने हुँदा सामाजिक लेखाजोखा आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला विकास समिति कास्कीका सामाजिक शाखा प्रमुख ई. अर्जुन न्यौपानेले कुनैपनि संघ संस्थाले आर्थिक पारदर्शीतामा जोड दिनुपर्ने खाँचो औँल्याए । संस्थाले चौमासिक रुपमा आप्mनो आमदानी र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उनले बताए । न्यैपानेले असल छिमेकीले सेवाग्रहीलाई दिएको रकम सदुपयोग भएनभएको अनुगमन गर्न आग्रह गरे ।  कार्यक्रममा संस्थाद्वारा लागू औषध विरुद्ध आयोजित नवजीवन पुनःस्थापन कार्यक्रममा सहभागी भई जीवन रुपान्तरण गरेको भन्दै ६ जना पूर्व लागूऔषध प्रयोगकर्ताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सुनिता सुनार, नेहा केसी, सरस्वती पहारी, झुपा नेपाली, कालीमाया नेपाली, शर्मिला तामाङ र राजकुमारी नेपाली रहेका छन् । संस्थाबाट आर्थिक लाभ लिएको दिदी बहिनी बचत समूह कास्कीकोटलाई सम्मानित गरिएको थियो । समूहलाई पाँच हजार रुपैयाँसहित सम्मान गरिएको हो । उक्त समूहमार्पmत संस्थाले कास्कीकोटवासीलाई प्रति परिवार पाँच हजार रुपैयाँ बराबरको पानी टंकी हस्तान्तरण गरेको थियो । संस्थामा एक दशक भन्दा बढी कार्यरत कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने कर्मचारीहरुमा संस्थाका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारी, तबिता परियार, मेनुका ताम्राकार, प्रकाश परियार, मिलन पहारी र प्रतिमा बस्नेत रहेका छन् । कार्यक्रममा बोल्दै गैह्र सरकारी महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले गैह्र सरकारी संस्थाको अनुपस्थितीमा सरकारी संस्थाको कामकाज ‘कुहिरोमा हराएको काग’ को जस्तै हुने दाबी गरे । आगामी लेखाजोखा कार्यक्रममा असल छिमेकीद्वारा सेवा प्राप्त लाभग्राहीहरुलाई उपस्थित गराई उनीहरुबाट प्रतिक्रिया सुनाउनु उपयुक्त हुने उनले औँल्याए । कार्यक्रम संयोजक भानु पराजुलीले लेखाजोखा प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा एचआईभी एलाएन्स पश्चिमाञ्चल का अध्यक्ष विश्वमोहन गौचन, सशस्त्र प्रहरीका नायब उपरीक्षक श्रीनाथ कुँवर, रेडक्रस कास्कीका प्रमुख खेमराज सापकोटा, एमाले कास्कीकी उपमहासचिव प्रभा कोइराला, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य अधिकृत बोधराज सुवेदी लगायतले मन्तव्य राखेका थिए । २०७२ वैशाख १२ गतेको भूकम्प पछि संस्थाले आप्mनो कार्यक्षेत्र फराकिलो बनाएको छ । दातृ निकायको सहयोगमा संस्था भूकम्प पछिको पुनःनिर्माण कार्यमा लागिपरेको संस्थाका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए । कास्की र नवलपरासीमा केन्द्रीत भई संस्थाले विपत न्यूनिकरण तालिम, नवजीवन पुनःस्थापन कार्यक्रम लगायत सञ्चालन गर्दै आएपनि भूकम्पपछि तनहुँ, गोरखा, लुमजुङ र चितवनमा पुगि राहत हस्तान्तरण गर्न सफल भएको उनले जानकारी दिए । संस्थाले गोरखाको श्रीनाथकोट गाविसमा हालै स्वास्थ्य चौकी निर्माण गरि स्थानीय सरोकारवाला लाई हस्तान्तरण गरिसकेको छ । संस्थाले गोरखाकी अन्य चार वटा गाविसहरुमा सुविधा सम्पन्न विद्यालय र गाविस भवन बनाउने योजना लिएको निर्देशक अधिकारीले जानकारी दिए ।







Post a Comment

 
Top