0
अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस प्लस टु कमिटीको दोस्रो सम्मेलनले सागर शर्माको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा माधव केसी, सचिवमा राकेश श्रेष्ठ, सहसचिवमा सुनिता पौडेल, आकाश काफ्ले, बिमल सेन्चुरी, कोषाध्यक्षमा सन्तोष पौडेल, सदस्यहरुमा प्रदिप जिसी, उमा परियार, प्रकाश परियार, सन्देश रिजाल, डिल्लिराम गौतम, विकास भट्टराई, सुवास भट्टराई, सुवास पौडेल, सागर सुवेदी, सागर चापागाई, सागर अधिकारी, सृजना पौडेल, रीता अधिकारी, जिवन अर्याल, पुनम शर्मा, प्रतिक्षा कुँवर, सोनी खनाल र मनिषा पौडेल रहेका छन् । यसअघि सम्मेलनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु गण्डकी अञ्चल ईन्चार्ज सरिता पुरीले अनेरास्ववियुका विद्यार्थीहरु अन्य संगठनका विद्यार्थीभन्दा हरेक भूमिकामा अगाडि हुनु पर्ने बताईन् । कार्यक्रममा अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतम, अनेरास्ववियु राष्ट्रिय परिष्द सदस्य क्षितिज पौडेल, अनेरास्ववियु भुगोल जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मण तिमिल्सिना, अनेरास्ववियु त्रिवि जिल्ला कमिटी कास्कीका सदस्य विनोद भण्डारी,  अनेरास्ववियु क्षेत्र नं ३ का संयोजक महेन्द्र पौडेल, अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटी अध्यक्ष अनिल खड्का, उपाध्यक्ष सुनिलबाबु पोखरेल, सचिव गोविन्द महत, अनेरास्ववियु क्षेत्र नं ४ का सह–सचिव गोमा देवकोटा लगायतले बोलेका थिए । अनेरास्ववियु जनप्रिय क्याम्पस प्लस टु कमिटीका अध्यक्ष किरन खनालको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन सदस्य सागर शर्माले गरेका थिए । सहभागीलाई स्वागत गर्दै क्याम्पस एकाई कमिटि अध्यक्ष अनिल खड्काले अन्य कमिटिभन्दा क्याम्पसमा अनेरास्ववियूलाई सक्रिय बनाउने र शैक्षिक क्षेत्रमा अशोभनीय रुपमा राजनीति भन्दापनि विद्यार्थीको हकहितका सवालमा क्रियाकलापहरु गर्ने बताए ।






Post a Comment

 
Top