0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजार र न्यूरोडको बीचमा रहेको चण्डिमाई मन्दिर परिसरमा नवदुर्गा महोत्सव हुने भएको छ । २०६९ सालदेखि हरेक वर्ष हुदैं आएको नवदुर्गा महोत्सवले यस वर्ष पनि निरन्तरता पाउने भएको छ। महोत्सव सम्पन्न गर्नको लागि टिका भुजेलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ । कार्यक्रम अनुसार असोज १५ गते पूजा शुभारम्भ हुने छ भने फूलपाती असोज २२ गते मध्यान्नमा भित्राउने, २३ गते वेलुकी देवीको तेश्रो नेत्र दर्शन, २४ गते पूजा समापन र फूलपाती असोज २९ गते सेती नदीमा लगेर  विसर्जन गरिने आयोजकले बताए । सनातन हिन्दूधर्म, संस्कृति र परम्पराको जगेर्ना, चण् िमन्दिरको प्रचारप्रसार, हिन्दूधर्म माथिको अतिक्रमणबाट जोगाउने, आध्यात्मिक दर्शन मार्फत नैतिकता र इमान्दारिताको विकास गर्ने र भक्तजनहरुलाई दुर्गाको पुजा गर्न व्यवस्थित गरिने चण्डिमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले वताए । वि.सं. १९१५ सालमा स्थानिय वासिन्दाद्वारा स्थापना गरि नियमित रुपमा पूजा आजा गर्दै आएको सो मन्दिरमा हाल सिमेन्टबाट निर्माण गरिएका भगवती दुर्गा, गणेश, कुमार, लक्ष्मी, सरस्वती, महिषासुर लगायतका आर्कषक मुर्तिहरुको निर्माण गरे पछि भक्तजनहरुको घुईचो लाग्ने गरेको आयोजक समितिका संयोजक टिका भुजेलले वताए ।







Post a Comment

 
Top