0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले चैत महिनामा स्थानीय तहको निर्वाचन हुने निश्चित रहेको बताएका छन् । वीपी कोइरालाको १०२औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले विधेयक बनाएर व्यवस्थापिका–संसदमा पेस गरेको जानकारी दिए । स्थानीय तहमा गाउपालिका र नगरपालिका ७०० देखि ७५० सम्मको हाराहारीमा बनाउन उपयुक्त हुने भन्दै मन्त्री थापाले तर यसको निधो गर्न केही समय लाग्ने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री थापाले अब चुनाव हुन्छ कि हुदँैन भने अलमलमा नपरी तयारी अवस्थामा रहन पार्टी कार्यकर्तालाई आग्रह गरे । अघिल्लो सरकारले निर्वाचन सम्वन्धी कुनै काम नै नगरी मंसिरमै चुनाव गर्ने भनेर गफ मात्रै चुटेकोे भन्दै नेता थापाले कामै नगरी रेल, पानी जहाज र घरघरमा ग्यासको पाईप पुग्न नसक्ने स्पष्ट पारे ।
देशका विशिष्ट व्यक्ति र सर्वसाधारण नेपाली जनताको अधिकार समान भएको भन्दै स्वास्थ्यमन्त्री थापाले विशिष्ट व्यक्तिले सामान्य उपचारका लागि विदेश जान राज्यकोषबाट पैसा पाउने तर दीनदुःखी उपचारै गर्न नसकी मर्ने स्थितिको अन्त्य गर्न आपूm लागिपर्ने बताए । सबै नेपालीको घरमा एउटा दुहुनु गाई हुनुपर्नेजस्ता वीपीले देख्नुभएको सपनालाई नयाँ पुस्ताले अघि बढाउनुपर्नेमा उनले जोड दिए ।  नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख तारानाथ रानाभाटले वीपीले देखाएको बाटोमा हिँड्न सकिएमा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली गरेको ठहरिने स्पष्ट पारे ।  नेपाली काँग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल र कोषाध्यक्ष लक्ष्मी पाण्डेले वीपीले गरेका योगदानका बारेमा चर्चा गरेका थिए ।
 
मन्त्री थापाले शुक्रबारै पोखराको पूmलबारीमा रहेको मनिपाल शिक्षण अस्पतालको पनि निरीक्षण गरेका थिए ।
यसैबीच नेपाली काँग्रेस देउराली गा.वि.स. इकाई समितिद्वारा १०२ औं वीपी जयन्तीका अवसरमा शुक्रबार आयोजित एक अन्तरक्रियामा वक्ताहरूले वीपी कोइरालाको योगदान अनुकरणीय भएकामा जोड दिएका छन् । वीपी कोइरालाको आदर्शमा नेपालको राजनीतिक परिवर्तन वर्तमान अवस्थामा आइपुगेको भन्दै वक्ताहरूले वीपीले अघि सारेका विचारलाई आत्मसात गरी अघि बढ्नुको विकल्प नभएको बताए । अन्तरक्रियामा नेपाली काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले नेपाली समाजको समुन्नतिका लागि वीपीले अघि सारेका विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको बताए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गिरिराज गौतमले वीपीले अघि सार्नुभएका विचार प्रत्येक राजनीतिक दल तथा राजनीतिकर्मीका लागि अनुकरणीय भएको उल्लेख गरे ।
नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालले वीपीका आदर्शबाट नेपाली समाज विभिन्न परिवर्तनलाई पार गर्दै वर्तमान अवस्थामा आइपुगेको भन्दै नयाँ संविधानको कार्यान्वयनमा जुट्नु वर्तमानको आवश्यकता भएको बताए ।  कार्यक्रममा नेपाली काँग्रेस देउराली गाउँ विकास समिति इकाईका सभापति अप्सरा श्रेष्ठ, सचिव रेशमलाल श्रेष्ठ, क्षेत्रीय सचिव प्रेम श्रेष्ठ, क्षेत्रीय सदस्य विनोद लामिछाने, लखनाथ नगरपालिका वडा नं १० का सभापति धु्रु्रबराज अधिकारी लगायतले नेपाली समाजको परिवर्तनमा वीपी कोइरालाको योगदान विशिष्ट रहेको चर्चा गरेका थिए ।





Post a Comment

 
Top