0
गोल्डेन न्यूज संवाददाता
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी र नागरिकहरु बीच सम्बन्ध सुधारका लागि प्रहरी स्वयम् आफैमा परिवर्तन हुनुपर्ने बताएका छन् । उनले हालको बदलिंदो परिस्थितिमा प्रहरीले समयानुकुल आफूलाई परिवर्तन गरी सेवाग्राहीहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिए । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै उनले नागरिकको सुरक्षाको बिषयमा प्रहरीले कुनै सम्झौता गर्न नहुने भन्दै उनले सेवाग्राहीहरुलाई मुस्कान सहितको प्रहरी सेवा प्रदान गर्दै आम नागरिकहरुमा प्रहरी मेरो साथी भन्ने भावना जागृत गराउनुपर्ने लगायतमा बिषयमा निर्देशन  दिए । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा आगमनको क्रममा प्रहरी महानिरीक्षक अर्यालले सम्मान गारदबाट सलामी ग्रहण गरेका थिए । पश्चिम क्षेत्रीय प्रहरी प्रमुख कमल सिंह बमले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले स्वागत मन्तव्य सहित भवन निर्माण सम्बन्धी प्रतिवेदन पेश गरेका थिए । शुक्रबार पोखरामै आयोजित अर्को एक कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विचौलीयालाई जिल्ला प्रहरी कार्यालयमा प्रबेस रोक लगाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको आईजीपी अर्याल र नागरीक बीचको अन्तक्र्रियामा बोल्दै अर्यालले पीडित व्यक्तिहरु माझ प्रहरीको पहँुच पु¥याउन आग्रह गर्दै पीडामा परेको व्यक्तिसंग कुनै विचौलीया जिल्ला प्रहरी कार्यालयहरुमा आउँछन भने उनीहरुलाई रोक्न उनले निर्देशन दिए ।
 
उनले भने–‘जबसम्म पीडाका परेको व्यक्तिले म यो समस्यामा परे भनेर जिल्ला प्रहरी कार्यालयमा आउँदा पनि विचौलीया प्रयोग गर्दछ भने सिंगो प्रहरी माथि निष्पक्षता प्रति प्रश्न चिन्हः खडा हुन्छ, त्यसैले आम नागरिकहरुसंग प्रहरीको पहुँच पु¥याउनु पर्दछ ।’ पीडामा परेका व्यक्तिहरु आफै जिल्ला प्रहरी कार्यालयसम्म आउन आग्रह गर्दै अर्यालले विचौलिया प्रयोग गरी जिल्ला प्रहरी कार्यालयमा आउने कुनैपनि व्यक्तिलाई कार्यालयमा रोक लगाउँदै त्यस्ता व्यक्तिलाई निरुत्साहित पार्न उनले आग्रह गरे । अर्यालले नेपाल प्रहरी कुनै सामाजिक तथा राजनीतिक दवावमा काम नगर्ने दाबी गर्दै कुनै पीडामा परेका व्यक्तिहरुका लागि विचौलिया आवश्यक नभएको स्पष्ट पारे । डान्स वारमा आएर मनोरन्जन गर्नेलाई प्रहरीले रातभरि शान्ति सुरक्षा दिन नसक्ने बताएका अर्यालले मापसे गरेर कुनैपनि सवारी साधनहरु नचलाउन आग्रह गरे । उनले भने–‘कसैको रेष्टुरेण्ट र वार संचालन नगर्न हामीले निर्देशन दिएका छैनौं, मापसे गरेर सवारी साधन नचलाउनु मात्रे भनेका हौं, यसले मानवमा अनुसासको विकास गराओस भन्ने हाम्रो उद्देश्य हो  मुस्कान सहितको प्रहरी सेवा र प्रहरी मेरो साथी भन्ने आम नागरीकहरुसंग प्रहरी नजिक हुने उद्धेश्यले ल्याएको कार्यक्रमलाई सफल पार्न आम नागरीहरु समक्ष आग्रह गर्दै अर्यालले प्रहरी आम नागरीकको दुःख सुखमा साथ दिने बताए । प्रहरी महानिरीक्षक अर्यालले कुनैपनि प्रहरीहरुले अपराधीसंग उठ–बस गरेको वा संगत गरेको जानकारी पाएको खण्डमा तत्काल कार्वाही गर्ने चेतावनी दिए । पछिल्लो समयमा चोरहरुले तथा अपराधीहरुले नयाँ प्रविधि प्रयोग गरेको अर्यालले स्वीकार गरे  ।

Post a Comment

 
Top