0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१२, शितलावेदीस्थित शितलादेवी सामुदायिक उच्च माविमा वक्तृत्वकला सम्पन्न भयो । बाल दिवसको अवसरमा बाल क्लवले आयोजना गरेको प्रतियोगिता बाल अधिकारको संरक्षणमा स्थानीय निकायको भूमिका शीर्षकमा बहस गरिएको थियो । १२ जना विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा ७ की विनिता क्षेत्री प्रथम, कक्षा ९ का दीपेश लम्साल द्वितीय, कक्षा ९ कै संकल्प बराल तृतीय र कक्षा ८ की ऋत्तिका लामाले सान्त्वाना स्थान हासिल  गर्न सफल भएका थिए । विजयी विद्यार्थीहरुलाई नगर पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा शिक्षक शिक्षिकाहरु दुर्गाप्रसाद सुवेदी, बोधराज गौतम र लक्ष्मी प्रसाद लुइँटेल रहेका थिए । बाल क्लवका उपाध्यक्ष मनिष बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी प्रमुख अतिथि रहेका थिए । उक्त अवसरमा बोल्दै प्रअ अधिकारीले बालबालिका भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटनमा वक्तृत्वकलाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।  उनले बाँच्न पाउने अधिकार नै बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै यसबारेमा सबैे उत्तरदायी हुनुपर्नेमा जोड दिए । 
उक्त अवसरमा बाल क्लवकी संरक्षक एवं विद्यालयकी शिक्षिका टीकादेवी पराजुली, विज्ञान शिक्षक दुर्गा प्रसाद सुवेदी र विद्यार्थी अभिरुचि लम्सालले बाल दिवस र यसको महत्वका बारेमा बोलेका थिए। उक्त अवसरमा विद्यार्थी विक्रम सुवेदी र संकल्प बरालले कविता र अजय बरालले गीत प्रस्तुत गरेका थिए ।



Post a Comment

 
Top