0
पोखराका युवा उद्यमी तथा व्यवसायी हरिराज पन्त यतिबेला व्यवसायीहरुसंग भेटघाट अभियानमा सक्रिय छन्। पोखरा उद्योग वाणिज्य वाणिज्य संघको ३१औं महाधिवेशमा सदस्य पदमा उम्मेदवारी दिएका उनी पोखराका सबै उद्योगी तथा व्यवसायीलाई भेटघाट गर्दै मत माग्न सक्रिय भएका हुन्। एक दशकदेखि पोखराको व्यवसायिक तथा सामाजिक क्षेत्रमा संलग्न पन्त अधिकृत विक्रेता संघ पोखराका वरिष्ठ उपाध्यक्ष हुन्। उनी नेपाल वितरक महासंघका महासचिव, लायन्स क्लव अफ पोखरा ग्लोवल लेक सिटीका संस्थापक अध्यक्ष, लमजुङ्ग बचत तथा ऋण सहकारी संस्था लि.का महासचिव, लमजुङ–पोखरा सम्पर्क समाजका कार्यकारिणी सदस्य समेत हुन्। उनी न्यू क्षितिज टे«डर्स, बंगलामुखी टे«डर्स र जुली फुड एण्ड स्पाइसेसका प्रवन्धक संचालक हुन्। मत माग्न व्यवसायीहरुको घरदैलो अभियानमा सक्रिय उनै पन्तसंग गरिएको कुराकानीको सारसंक्षेपः
पोखरा उद्योग वाणिज्य संघमा तपाइँको उम्मेदवारी किन ?
म विगत २०५९ सालदेखि पोखरामा आफ्नो व्यवसाय स्थापित गरी निरन्तर काम गर्दै आइरहेको व्यक्ति हुँ । २०६३ सालमा पोखरा भरका वितरक साथीहरुलाई एकत्रित गर्दै अधिकृत वितरक संघको गठन ग¥यांै । म त्यसको संस्थापक महासचिव पनि हुँ । म लायन्स क्लव अफ ग्लोबल लेकसिटीको संस्थापक अध्यक्ष पनि हुँ । वितरकहरुको सञ्जाल बढाउनुपर्छ भनेर नेपाल वितरक महासंघ गठन ग¥यौं । जुन आज नेपालका २७ जिल्लामा क्रियाशिल छ, म त्यसको पनि महासचिव हुँ । यसरी व्यावसाय प्रवद्र्धन र व्यवसायीको हकहितका एजेण्डामा म जहिलेदेखि व्यवसायमा लागेँ त्यसपछि नै काम गर्दै आइरहेको व्यक्ति हुँ । यसरी लाग्दै गर्दा पोखराका उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा पनि रहेर काम गर्ने, उद्योगी व्यावसायीहरुको हकहितमा आवाज उठाउने सोच भएकाले मेरो संघमा उम्मेदवारी प्रस्तुत गरेको हुँ । आशा छ, मैले यसअघि पोखराको व्यावसाय प्रवद्र्धनमा गरेको लगानी माथि विश्वास गर्दै सम्पूर्ण उद्योगी–व्यावसायी साथीहरुले मलाई विजयी बनाउनुहुनेछ । 
तपाईसंग प्रतिस्प्रर्धामा उत्रिएका अन्य व्यवसायीहरुको भन्दा तपाइँको उम्मेदवारी कुन अर्थमा फरक छ ?
सामाजिक संघ–संस्थामा मेरो संलग्नता भनेको ममा मात्र केन्द्रित थिएन र हुनेपनि छैन । म जहाँ जोडिएँ ती संघ–संस्था नेपालकै राम्रा संघ–संस्था बनेका छन् र जोडिएका सवै संस्था व्यावसायीहरुकै हकहितसंग केन्द्रित छन् । व्यवसायीक मात्र नभइ मेरो नेतृत्व र संलग्नता सामाजिक संघ–संस्था र क्षेत्रसंग पनि सम्बन्धित छ। अबको मेरो ईच्छा र चाहना भनेको आम पोखरेली उद्योगी व्यवसायीहरुको छाता संगठन पोउवासंघमा रहेर फेरिपनि व्यवसायिक हकहित र प्रवद्र्धनसंग सम्वन्धित एजेन्डामा काम गर्ने हो । जसमा मेरो हालसम्मको सिकाई, अनुभव, शिप, क्षमता र म जोडिएका संघ–संस्थाको सफलताले पनि अन्य प्रतिस्पर्धीभन्दा मलाई फरक र भिन्न उभ्याएको छ भन्ने लाग्छ ।
व्यवसायिक क्षेत्रको अनुभव कस्तो छ ?
मेरो संलग्नताको कुरा त मैले भनि नै सकें । म थुप्रै व्यवसायिक र सामाजिक संघ–संस्थासंग आवद्ध छु । ती सबै एउटा उचाईमा छन् भन्दा मलाई खुशिपनि लाग्छ । त्यो उचाईमा कहिँ न कहिँ मेरो श्रम, सृजना, लगन, मेहनत आदिपनि जोडिन्छ । यिनै अनुभवहरुका कारण पोउवासंघमा रहेर पोउवासंघ र पोखराको औद्योगिक व्यापारिक गरिमालाई बृद्धि गर्ने अभिप्रायले नै मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हुँ ।
पोउवासंघमा प्रवेश गरेपछि तपाइँले उठान गर्ने सृजनात्मक एजेण्डाहरु के–के हुन ?
र तपाइँको स्तरबाट गर्न सकिने कार्यहरु के–के हुन्छन् ?
आम उद्योगी व्यवसायीहरुका समस्याहरु प्रशस्त छन् । ती समस्याहरुको उठान मात्र गर्न सकियो भनेपनि अहिलेको अवस्थामा राम्रै कार्यको शुरुवात हुन्छ । व्यवसायीहरुको छाता संगठनलाई डिजिटलाइज गरेर जाने कुरा हुनसक्छ । हेल्पडेस्कलाई चुस्त–दुरुस्त र अपडेट राख्ने सन्दर्भ हुनसक्छ । यस्ता थुप्रै सामान्य कुराहरु छन् । जस्लाई चुस्त–दुरुस्त राख्न मेरो रचनात्मक भूमिका रहनेछ। साथै, व्यावसायीहरुको हक हितका लागि व्यवसायीहरुको बस्तुगत संघहरु आधिकारीक रुपमा स्वायत्त भइसकेको अवस्था छ । यसको उदाहरण पोउवासंघमा २३ वटा संघको आवद्धताले जनाउँछ । उहाँहरुले पनि समाधान गर्न नसकेका समस्याहरु पोउवासंघमा आउँछन् । त्यस्तो अवस्थामा म निर्वाचित भएर गएपछि ती विषयमा उहाँहरुसंग जोडदार सहकार्य रहन्छ ।
पोउवासंघको महाधिवेशनमा त राजनीति घुस्यो भन्छन नि ?
सबैभन्दा उत्कृष्ट नीति राजनीति हो । नेपाल भर्खर विकासको चरणमा छ । यस कारण राजनीति थोरै अपब्याख्यामा परेको छ । मान्छे राजनीति भन्दा पर कोही पनि हुँदैन । आस्था एउटा कुरा भो तर पूर्णतया राजनीतिक संलग्नता छ वा भयो भन्नेमा म विश्वास गर्दिन किनकि व्यवसायी यो महाधिवेशनमा प्रतिनिधि हुने ब्यवसायिक कागजातका आधारमा हो । राजनीतिक दलको सदस्यता देखाएर यो महाधिवेशनमा कोही कसैको संलग्नता छ जस्तो लाग्दैन । भएपनि राजनीतिक रुपमा सक्रिय कोही कसैको उपस्थिति मात्र राजनीतिक होइन् । व्यापारिक पृष्ठभूमि र संलग्नता उम्मेदवारीको आधार भएको हुनुपर्छ ।
चुनावी प्रचार–प्रसारका क्रममा प्राप्त प्रतिक्रियाहरु कस्ता छन् ?
म करिब पोखराका ८० प्रतिशत व्यावसायी साथीहरुको घर आँगनमा पुगिसकेको छु । पुग्ने सन्दर्भमा व्यवसायीहरुले आ–आफ्ना व्यक्तिगत, व्यवसायिक र सामुहिक समस्याहरुपनि राख्नुभएको छ । हामीसंग उहाँहरुको आशापनि देखियो । माहौल एकदम सकारात्मक पाएको छु । सबैले मैले विगतमा विभिन्न क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कन गरेको मैले पाएँ । यूवा व्यवसायी हुनुको कारणपनि हुनसक्छ, सवैको सकारात्मक प्रतिक्रिया पाएको छु । उहाँहरुको सल्लाह, सुझावलाई मनन् गर्दै कार्य गर्ने प्रतिबद्धता पनि तपाइँको यहि लोकप्रिय पत्रिकामार्फत जाहेर गर्न चाहन्छु ।
तपाइँ अघिल्लो चुनावमा पनि उठ्नुभएको थियो, पराजित हुनुभयो । फेरि पनि चुनावी मैदानमा होमिनुभएको छ। चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
पक्कै पनि, म अघिल्लो चुनावमा उठेर पराजित भएको उम्मेदवार हुँ । त्यो बेला पराजित हुनु धेरै कारण थिए, म अब त्यो कारण कोट्याउन तिर लाग्दिन । पोउवासंघमा प्रवेश गरेर केही राम्रा काम गर्ने मेरो चाहना अधुरै थियो । त्यो चाहना पूरा गर्नका लागि फेरिपनि चुनावमा होमिएको छु । अघिल्लो चुनावमा पराजित भएरपनि संघको प्रत्येक गतिविधिमा मेरो सक्रियता रह्यो, आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक परा गरें । अघिल्लो पटक भए गरेका कमि–कमजोरीलाई सच्याउँदै अघि बढेको छु, चुनावी प्रचार अभियानका क्रममा मतदाता उद्योगी व्यवसायीले पनि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् र उनीहरुले पोउवासंघमा मेरो आवश्यकता पनि ठानेका छन् । यसपटक म चुनाव जित्नेमा १०० प्रतिशत ढुक्क छु ।
अन्त्यमा भन्नैपर्छ भन्ने लागेको केहि छ कि ?
दानहरुको पनि उत्कृष्ट दान मतदान हो । सर्वप्रथम त आशन्न महाधिवेशनमा मतदानका लागि सरिक भइदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु । दोस्रो मेरो विगतका संलग्नता र ती कार्यहरुको मूल्याङ्कन गरी म हरिराज पन्त क्र.स.२० कार्यकारिणी सदस्य पदको उम्मेदवारलाई यहाँहरुको दान दिन उचित ठान्नुहुन्छ भने मतदान गरिदिनुभई मलाई बिजयी बनाउनुहुन सादर अनुरोध गर्दछु । साथै, यहाँहरुले दिनुहुने अमूल्य दानको पक्कै पनि अवमूल्यन हुन दिनेछैन् । यो अवसरका लागि यहाँ र यहाँको लोकप्रिय पत्रिकालाई पनि धेरै आभार व्यक्त गर्दछु, धन्यवाद !



Post a Comment

 
Top