0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको ३१औं महाधिवेशनका अध्यक्षका प्रत्यासी देव क्षेत्रीलाई बुद्ध विशाल बजार व्यापारिक एशोसिएशनले साथ दिएको छ । विहीवार क्षेत्रीको स्वागत र सम्मान कार्यक्रमममा एसोसीयसनका अध्यक्ष प्रदिप कुमार मुल्मीले क्षेत्रीलाई विजयीको शुभकामना दिदै आगामी दिन विशाल बजार र संघबीचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे । सो अवसरमा बोल्दै अध्यक्षका प्रत्यासी क्षेत्रीले आफू सधै व्यवसायीको नजिक रहेका कारण उनीहरुको समस्या थाहा भएको बताउदै हरेक दुःखमा साथ दिने प्रतिवद्धता व्यक्त गरे । आफू भाषणमा भन्दा बढि काममा विश्वास गर्ने बताउँदै क्षेत्रीले विजयी पश्चात पनि व्यसायीको सुझावलाई मध्यनजर गरि अघि बढ्ने दाबी गरे। बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार मिनराज काफ्लेले लामो समयसम्म कर्मथलो विशाल बजार भएको बताउदै आफ्नो समुहलाई साथ दिएको धन्यवाद व्यक्त गरे। उनले प्रादेशिक क्षेत्रको नेतृत्वको लागि विभिन्न उद्योग वाणिज्य संघसँग छलफल गरि खाका तयार पारेको जानकारी दिदै आगामी दिनमा अझ प्रभावकारी तरिकाले व्यवसायिक हितमा लाग्ने बताए । क्षेत्रीको समूहमा रहेका १७ जना पदाधिकारी र सदस्यहरुले विहीवार पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, बुद्ध विशाल बजार, अमरसिंहचोक लगायतका क्षेत्रका व्यवसायीहरुबीच पुगेर मत मागेको प्रचार प्रसार समितिले जनाएको छ । यसैबीच अध्यक्षका उम्मेदवार देव क्षेत्रीको समूहलाई बिहीवारै स्वागत तथा सम्मान गरेका छन् । अन्नपूर्ण मेसिनरी एण्ड दुल्र्सका प्रोपाईटर देवराज आचार्य, व्यवसायीहरु विश्वराज आचार्य लगायतले अग्रिम बधाई दिदै सम्मान गरेका छन् । यसैगरी पोखरा मलका व्यवसायीहरु सुर्य प्रसाद श्रेष्ठ, भिम क्षेत्री, उमाकान्त पौडेल, दिलि पोख्रेल, विकास क्षेत्री लगायले खादा र अबिरले सम्मान गरेका छन् । उनीहरुले क्षेत्रीको समूहको विजयी सुनिश्चित रहेको बताउँदै साथ दिन सबै व्यवसायीलाई आग्रह गरेका छन् । सो अवसरमा उद्योग तर्फको उपाध्यक्ष पदकी उम्मेदवार सीता गुरुङले गएको दुई वर्ष उद्योग व्यसायीको बीचमा खर्चिएको बताउँदै उद्यमशिलताको विकासमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरिन्। यस्तै युनाईटेड क्लवले पनि क्षेत्रीको समुहलाई सम्मान गरेको छ। क्लवका संस्थापक अध्यक्षसमेत रहेका हिमालय बख्रेल संघको सदस्य पदमा उम्मेदवारी दिएका छन्। क्लवका अध्यक्ष सुक बहादुर गुरुङले क्लवको अनुभव संघमा उपयोग गर्न आग्रह गरे । आगामी भाद्र ३१ र असोज १ गते हुने संघको ३१ औं महाधिवेशनमा क्षेत्रीको समूहबाट बरिष्ठ उपाध्यक्षमा मिनराज काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा सिता गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेश अधिकारी चुनावी मैदानमा रहेका छन् । यस्तै महासचिवमा लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्षमा जनकराज पराजुली, उप–महासचिवमा अर्जुन पोख्रेल रहेका छन् भने  सदस्य पदमा हरिराज पन्त, अर्जुन खनाल, कुमारी मुना बाँस्तोला, गिरधारी शर्मा, गोमा ढकाल, चिनु गुरुङ, नवराज त्रिपाठी, बलराम आचार्य, महेश्वर पोख्रेल (शिव), र हिमालय बख्रेल रहेका छन् ।






Post a Comment

 
Top