0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्कीको प्रतिनिधि भेला तथा संरक्षक सल्लाहकार पदस्थापना कार्यक्रम बुधबार सम्पन्न भएको छ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको छैटौ केन्द्रिय अधिवेशनको पुर्वसन्ध्यामा कार्यक्रमको आयोजना गरिएको हो । अधिवेशनमा कास्की जिल्ला बाट ८१ प्रतिनिधिले सहभागीता जनाउँदैछन् । प्रतिष्ठान कास्कीको प्रमुख संरक्षक प्रजापती पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सल्लाहकारको पदस्थापना गराइएको थियो । सल्लाहकारमा पदस्थापित हुनेहरुमा त्रिभुवन शर्मा, दिपक तिमिल्सिना, शुक्रमणी सापकोटा, नारायण प्रसाद शर्मा र कानूनी सल्लाहकारमा दुर्गा कोइराला रहेका छन् । कार्यक्रममा लोकदोहोरी कलाकार पार्वती जिसी, चोलेन्द्र पौडेल, तारापति सुवेदी र जीवन दाहालले छैटांै केन्द्रीय अधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा सँगै त्यसको औचित्य प्रष्ट पारेका थिए । प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कास्कीका प्रमुख संरक्षक एवं संस्थापक केन्द्रीय अध्यक्ष प्रजापति पराजुली, निर्वतमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रतिष्ठान गण्डकी अञ्चल अध्यक्ष शंकर विरही गुरुङ, आजीवन सदस्य दुर्गाबहादुर बराल, सल्लाहकारद्वय नारायण प्रसाद शमा र त्रिभुवन शर्मा, प्रतिष्ठान कास्की सचिव ज्ञानेश्वर सुवेदी लगायतले अधिवेशनमा कास्की तथा गण्डकी क्षेत्रको गरिमालाई जोगाइराख्न सबै एकढिक्का भएर लाग्नुपर्ने बताएका थिए ।





Post a Comment

 
Top