0
पोखरा क्षेत्रमा १५ वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ । गएको २४ घण्टा बीचमा पोखरामा २ सय ७४ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि २०५८ साल भदौ २ गते अहिलेसम्मकै धेरै ३ सय ५७ मिलिमिटर पानी परेको थियो ।  साउन ११ गते २ सय २३ मिलिमिटर पानी परेको थियो । यस्तै, २०४२ साल भदौ १८ गते २ सय ३५ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरामा परेको यो पानीले एक जनाको ज्यान लिएको छ भने अर्का एक बेपत्ता भएको स्थानीयबासीको भनाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । उर्लदोँ भेलले नालीमा झारेपछि पोखरा १६ लामाचौरको गैराबारीका ५६ वर्षिय कृष्णबहादुर थापा मृत्यु भएको हो । भलले बगाएर घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । त्यस्तै, पोखरा १७ विरौटामा भलले बगाएर एक जना वेपत्ता भएको छन् । उनको पहिचान खुल्न सकेको छैन । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढिका कारण पोखरा २६ चंखपुरामा फसेका १३ जनालाई प्रहरीले राती नै सुरक्षीत स्थानमा लगेको छ । पोखरामा साँझपख केहिदिन देखि लगातार बर्षा हुँदै आएको छ ।






Post a Comment

 
Top