0
रेडियो सफलताको आयोजना, वि.पी कोइराला फाउण्डेशनको सहकार्य तथा खहरे आमा समूहको समन्वयमा ३ दिने नेतृत्व विकास तालिम खहरे आमा समूहमा आइतबारदेखि सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्वर ६ का वडा सचिव राजुबहादुर कोइरालाले तालिम लिएर मात्र हुदैन त्यसलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।  कार्यक्रममा ताल बाराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिम्मत बहादुर कुवँर, खहरे आमा समूहका सल्लाहकार प्रेमराज पहारीले खहरे आमा समूहले वडा नम्वर ६ मा महत्वपूर्ण सामाजिक काम गरेर छुट्टै पहिचान बनाएको बताएका थिए ।  रेडियो सफलताका अध्यक्ष तथा प्रशिक्षक दुर्गा अधिकारीले टोलटोलमा आमा समूहले गरेको गतिविधिको राम्रो प्रभाव भएपनि प्रस्तुती गर्न नसक्दा महिलाहरुले हौसला नपाएको बताइन । खहरे आमा समूहका अध्यक्ष नानीमाया सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष शान्ति पहारी र संचालन संस्थाका सचिव मैया शर्मा भट्टराईले गरेकी थिइन । ३५ जना हिभागी तालिमको सहजीकरण रेडियोकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीले गरेकी छन् ।








Post a Comment

 
Top