0
गोल्डेन न्यूज संवाददाता
पोखरा नयाँबजार स्थित दरमार्गमा रहेको सेफ किडस प्रि स्कूलले शिक्षकहरुलाई कक्षा कोठा व्यवस्थापन सम्बन्धी मंगलबार एक दिने प्रशिक्षण गराएको छ । राष्ट्रिय वाल दिवसको पूर्व सन्ध्यामा शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्नुको साथै उनीहरुलाई रिफ्रेसमेन्ट गराउने उद्देश्यले एक दिने उक्त प्रशिक्षण आयोजना गरीएको स्कूलका प्राचार्य नारायणी कोइरालाले बताए । सेफ किडस र एकता वोर्डिङ स्कुलका गरी १५ जना शिक्षिकाहरुलाई स्कुलका प्रमुख कार्यकारी अधिकृत टेकमान प्रधानाङग् र ज्ञान बहादुर कार्कीले प्रशिक्षण गराएका थिए । तालिमको मंगलबार समापन गराउँदै राष्ट्रिय सौन्दयकर्मी युनियनका संस्थापक अध्यक्ष एवं सञ्चारकर्मी मीना गुरुङले आफू हङकङमा हुदा किन्डर गार्डेनमा काम गर्दाको याद आएको भन्दै संसारमा सवै भन्दा आनन्द र खुसि अनि पवित्र कार्य वालवालिकाहरुको क्षेत्रमा काम गर्दा हुने गरेको बताइन । उनले भनिन–“बालबालिका भनेको भोलिको भविष्य हुन, उनीहरुलाइ आज हामीले जस्तो वातावरण र संस्कार दिन सक्छौं त्यसको फल हामी सवैलेपछि पाउछौं, त्यसैले आफ्ना अभिभावकहरुले बालबालिकाका लागि राम्रो ख्याल गर्नु होला ।’
समापनको अवसरमा प्रशिक्षार्थी रविना गुरुङ र देविका गुरुङले आफूले तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने बताएका थिए ।




Post a Comment

 
Top