0
पोखरा २८ भदौ ।
नेपाल महिला संघको आशन्न महाधिवेशनका लागि अमेरिकाबाट ३ जना महिला महाधिवेशन प्रतिनिधि बनेका छन् । महाधिवेशन प्रतिनिधि हुनेहरुमा नेपाल जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख मान्ती शाह, नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर का उपसभापति कमला पन्त र नेपाली जनसम्पर्क समिति लङ आइल्याण्ड च्याप्टरका सदस्य लक्ष्मी बाँस्तोला रहेका छन् ।
नेपाली कांग्रेसको भातृ संस्था महिला संघको महाधिवेशनमा विभिन्न मुलुकबाट ३/३ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेक्रममा अमेरिकाबाट शाह, पन्त र बाँस्तोलालाई प्रतिनिधि चयन गरिएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले नेपाल महिला संघलाई पठाएको पत्रमा उल्लेख छ ।
विष्टले आफ्नो पत्रमा भनेका छन्–‘महिला संघको महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि सिफारिस गरि पठाइदिन पत्राचार भए बमोजिम समितिका महिला विभाग प्रमुख मान्ती शाहको नेतृत्वमा अन्य २ जना प्रतिनिधि पठाइएको छ ।’
महाधिवेशन प्रतिनिधि मध्ये बाँस्तोला कास्कीको पोखरा–२९ हेमजा घर भइ हाल अमेरिकाको लङ आइल्याण्डमा बस्दै आएकी छन् । उनी विगत ४ वर्षदेखि आफ्नो परिवार सहित अमेरिकामा रहेकी छन् । उनी नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य तथा कास्की कांग्रेसको राजनीतिमा सक्रिय विश्वराज बाँस्तोलाकी धर्मपत्नी हुन् । हाल विश्वराज बाँस्तोला जनसम्पर्क समिति अमेरिकाको लङआइल्याण्ड च्याप्टरका सभापति हुन् ।


Post a Comment

 
Top