0
गोल्डेन न्यूज संवाददाता
नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा वुधबार शुभकामना आदान–प्रदान, सम्मान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ ।
विजया दशमी, नेपाल संवत्, दीपावली, छठ पर्वको अवसरमा आयोजित शुभकामना आदन–प्रदान कार्यक्रममा नेविसंघको ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी एवं केन्द्रीय सदस्यहरू भानुभक्त ढकाल, देवकृष्ण पराजुली, गोपाल गुरुङ, रामप्रसाद अधिकारी, पुनम भट्टराई र मिलन आलेलाई सम्मान एवं बधाई ज्ञापन समेत गरिएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सुवेदीले नेविसंघको कलम र मसाल अंकित झण्डामुनी गोलबद्ध भई सचेत एवं रचनात्मक कार्यक्रमका साथ नेविसंघ जनप्रिय क्याम्पसलाई अगाडि बढ्न निर्देशन दिँदै फागुन १४ गते हुने स्ववियू निर्वाचनको तयारीमा जुट्न विद्यार्थी नेताहरूलाई आग्रह गरे ।
 
त्यस्तै केन्द्रीय सदस्य भानुभक्त ढकाल, देवकृष्ण पराजुली, गोपाल गुरुङ, रामप्रसाद अधिकारी, पुनम भट्टराई र मिलन आलेले जनप्रिय क्याम्पसमा नेविसंघ सम्पूर्ण विद्यार्थी संगठनको नेता संगठनको रूपमा रहेको हुँदा नेविसंघका विद्यार्थी नेताहरू थप जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गर्दै जनप्रिय क्याम्पसका पूर्व क्याम्पस प्रमुख, शिक्षासेवी एवं सहिद गणेशमान पालिखे र नेविसंघ जनप्रिय क्याम्पस इकाईका पूर्व सचिव एवं लोकतान्त्रिक आन्दोलनका योद्धा स्व. कमलमणि ढकालले देखेको समृद्ध जनप्रियको सपनालाई साकार पार्नेगरी क्रियाशिल हुन विद्यार्थी नेताहरूलाई आग्रह गरे । कार्यक्रममा नेविसंघका नेताहरू ठाकुर बराल, रेशम हमाल र रंजना रेग्मीले समेत मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमका संयोजक नेविसंघ जनप्रिय क्याम्पसका नेता एवं नेविसंघ जनप्रियका पूर्व स्ववियू सभापतिका उम्मेदवार आशिक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यार्थी नेता किशन थापाले गरेका थिए ।

Post a Comment

 
Top