0
गोल्डेन न्यूज संवाददाता
गुरुङ पर्यटन ब्यवसायी संघ नेपाल पश्मिाञ्चल क्षेत्रीय समिति पोखराको पाँचौ वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन बुधबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले बोबरजंग गुरुङलाई पुनः अध्यक्षमा भयन गरेको छ । समितिको उपाध्यक्षमा हर्कबहादुर गुरुङ, महासचिवमा कर्णबहादुर गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा किसमकुमारी गुरुङलाई चयन गरेको छ ।  यस्तै सदस्यहरुमा भुपाल गुरुङ, जुवु गुरुङ, कुमार गुरुङ, राजेन्द्र गुरुङ, विष्णु गुरुङ, रामबहादुर गुरुङ र अविलास गुरुङलाई चयन गरेको छ । समितिको २ जना सदस्य पछि मनोनय गर्ने प्रावधान रहेको छ । संस्थापक अध्यक्ष कूलबहादुर गुरुङको अध्यक्षतामा गठन भएको निर्वाचन समितिले सर्वसम्मत रुपमा सो कार्य समितिको नाम घोषण गरेको हो । वि.सं. २०६८ सालमा स्थापना भएको संघमा अहिले पश्चिमाञ्चल समितिमा ८७ जना र देशभरमा ३ सय जना भन्दा बढी सदस्यहरु आबद्ध रहेका छन । यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल गुरुङ पर्यटन व्यवसायी संघ नेपाल केन्द्रीय समितिकी अध्यक्ष कमला गुरुङले अब गुरुङ पर्यटन व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन। विभिन्न संघ संस्थाहरु सँगको समन्वय र केन्द्रीय समितिसँग हातेमालो गर्दै आफनो हक अधिकार र व्यवसायीक प्रवद्र्धनका काम अघि बढन उहाँले पश्मिाञ्चलका गुरुङ पर्यटन व्यवसायीहरुलाई आग्रह गरिन् । साथै नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरुको पनि उत्साहका साथ खोजी गर्न लाग्नुपर्ने उनको भनाई छ ।



Post a Comment

 
Top