0
गोल्डेन न्यूज संवाददाता
कास्कीकोटमा रहेको वसन्त प्राविलाई न्यूरोड हेयर क्लिनर नामक एक जापानको कपाल काट्ने पेशामा आवद्ध समूहले एक कार्यक्रमका बीच ७० हजार आर्थिक सहयोग गरेको छ । हाम्रो विद्यालय नमूना राम्रो विद्यालय बनाउने उद्देश्य सहित निःशुल्कमा अंग्रेजी माध्यमबाट अध्ययन गराउँदै आएको छ ।  न्यूरोड हेयर क्लिनर जापानको समूहले चौध कोठे पक्की भवन समेत निर्माण गरेको र आगामी दिनमा अझै सहयोग गर्ने र विद्यालयको प्रगति सुन्दा खुसी लागेको र आगामी दिनहरुमा पनि निरन्तर सहयोग गर्ने संस्थाका म्यानेजर इमा इजुमीले बताइन् ।  कार्यक्रममा जापानिज समूहलाई विद्यालयमा स्वागत गरिएको थियो । दश जनाको समूहमा आएका जापानीजहरुले आप्mनो सहयोगले विद्यार्थीहरुले राम्रो शैक्षिक प्रगति हासिल गर्ने विश्वास रहेको बताएका थिए ।
 
कार्यक्रममा जिल्ला सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले विद्यालयको भौतिक विकासमा सहयोग गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्दे विद्यालयहरुमा घट्दो विद्यार्थी सख्या भइरहेको वेला वसन्त प्राविमा संख्या बढ्दो रहेकोमा खुसी लागेको भन्दै  शिक्षकहरुले मेहनतका साथ अध्यापन गराउन आग्रर्ह गरेका थिए । विद्यार्थीहरुले विभीन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर स्वागत गरेका थिए । विद्यालका प्रधानाध्यापक मनहरि अधिकारीले स्वागत एवम् प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका राजेन्द्र शाक्य गाविस सचिव नारायण प्रसाद अधिकारी श्रोत व्यक्ति ठाकुर सुवेदी  विद्यायलका संस्थापक वामदेव बस्ताकोटी शुकदेव वस्ताकोटी, परमेश्वर बस्ताकोटी समाजसेवी गणेशभक्त बस्ताकोटी टिकाराम त्रिपाठी, रेशम गिरी, भूपू प्र.अ. धर्म गिरी,पूर्णाखर सुवेदी लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर नेपालीले अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन होमबहादुर नेपालीले गरेका थिए ।

Post a Comment

 
Top